इरान युद्धको असर : शाहरुखपछि अक्षयको चलचित्रको दुबई सुटिङ रद्द
सारांश
- मध्यपूर्वमा युद्धका कारण तनाव बढ्दा अक्षय कुमारको फिल्म 'वेलकम टु द जंगल'को दुबईमा हुने सुटिङ रद्द भयो।
- निर्देशक अहमद खानले गीतको सुटिङ मुम्बईमा सेट बनाएर गर्ने निर्णय लिए, जहाँ विभिन्न विलासी सेटहरू बनाइँदैछन्।
- यसअघि शाहरुख खानको फिल्म 'किङ'को सुटिङ पनि सुरक्षाका कारण दुबईमा हुन सकेन।
मुम्बई । इरान र इजरायलबिच जारी युद्धका कारण मध्यपूर्वमा बढेको तनावले बलिउड चलचित्रको सुटिङ तालिका धमाधम प्रभावित हुन थालेको छ। शाहरुख खानको प्रतिक्षित चलचित्र ‘किङ’ पछि अब अक्षय कुमारको बहुप्रतिक्षित कमेडी चलचित्र ‘वेलकम टु द जंगल’ को दुबईमा हुने भनिएको सुटिङ पनि रद्द गरिएको छ।
भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाका अनुसार निर्देशक अहमद खानले चलचित्रको एउटा विशेष गीत सबै स्टारकास्टका साथ दुबईमा छायांकन गर्ने योजना बनाएका थिए। अवस्था सामान्य हुने आशमा केही समय पर्खिए पनि स्थिति झन् तनावपूर्ण बन्दै गएपछि अन्ततः दुबईको सुटिङ रद्द गर्ने निर्णय लिइएको हो। अब उक्त गीतको सुटिङ दुबईको सट्टा मुम्बईमै सेट तयार पारेर गरिने भएको छ।
ठूलो स्टारकास्ट भएका कारण सुटिङ सार्न सम्भव नभएपछि निर्माण पक्षले मुम्बईका विभिन्न स्थानमा सेट बनाउन सुरु गरिसकेको छ। मुम्बईको मद आइल्याण्ड, गोल्डेन टोब्याको स्टुडियो र गोरेगाउँको फिल्म सिटीमा विलासी नाइट क्लब, क्यासिनो र निजी विमान (प्राइभेट जेट) जस्ता महँगा लोकेशन देखाउन ठूला सेटहरू बनाइँदैछ। यी सेटहरूको डिजाइन सैलेश माडिकले गरिरहेका छन्।
निर्देशक अहमद खान र निर्माता फिरोज ए नाडियाडवाला यो गीतलाई निकै विलासी र ग्ल्यामरस शैलीमा देखाउन चाहन्थे। त्यसका लागि सुरुमा दुबईलाई उत्कृष्ट गन्तव्य मानिएको थियो।
यसअघि अप्रिल ९ देखि दुबईमा हुन लागेको शाहरुख खानको किङको सुटिङ पनि सुरक्षा सतर्कताका कारण रद्द भइसकेको छ। किङको सुटिङ अब मुम्बईको विले पार्ले स्टुडियोमा मरुभूमिको सेट बनाएर गरिनेछ।
अक्षय कुमारको मुख्य भूमिका रहेको वेलकम टु द जंगल आगामी जुन २६, २०२६ मा प्रदर्शन हुने तालिका छ। अहमद खानको निर्देशनमा बनिरहेको यो मल्टिस्टारर चलचित्रमा अक्षयका साथै सुनिल शेट्टी, अरशद वारसी, रविना टन्डन, ज्याकी श्राफ, परेश रावल, लारा दत्त, दिशा पटानी, ज्याकलिन फर्नान्डिज र श्रेयस तलपडे जस्ता चलेका कलाकारहरूको अभिनय रहनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण