आठ दिनपछि खुल्यो वडा कार्यालयको तालाबन्दी
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–३ नम्बर वडा कार्यालयको ताला आठ दिनपछि खुलेको छ । गत साता वडाका स्थानीयले सडक निर्माण, ढल निकास र खानेपानीलगायतका माग राखेर वडा कार्यालयमा तालाबन्दी गरेका थिए ।
बुधबार स्थानीय र वडा कार्यालयबीच स्थानीयका माग सम्बोधन गर्ने सहमति भएपछि वडा कार्यालयको ताला खुलेको वडा सदस्य मीना कुँवरले जानकारी दिइन् । “वडाका एक सातादेखि तालाबन्दी हुँदा सेवाग्राही समस्यामा परेका थिए”, उनले भनिन्, “स्थानीयका जायज माग सम्बोधन गर्ने सहमति गरेर वडाको सेवा सञ्चालन भएको छ ।”
कार्यालय बन्द हुँदा दैनिक रूपमा आवश्यक पर्ने सिफारिस, प्रमाणपत्र, जन्मदर्तालगायतका काम पूर्ण रूपमा बन्द हुँदा सेवाग्राहीले दुःख पाएको यहाँका स्थानीय डबलबहादुर सिंहले बताए ।
भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेशबहादुर बमले नागरिकका माग सम्बोधन भएर प्रक्रिया अघि बढिसकेको जानकारी दिए । “उहाँहरूले सडक निमार्णको माग गर्नुभएको थियो, पालिकाबाट उक्त माग सम्बोधन भएर प्रक्रिया अघि बढिसकेको छ”, उनले भने, “पालिकाबाट सम्भव नभएका योजना प्रदेशको बजेटबाट पूरा गर्छौँ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण