राष्ट्रिय आविष्कार केन्द्र : पारिश्रमिकमै प्रति महिना २५ लाख खर्च
काठमाडौँ । प्रतिनिधिसभा सदस्य महावीर पुनले नेतृत्व गर्दै आएको राष्ट्रिय आविष्कार केन्द्रमा पारिश्रमिक मात्र प्रति महिना २५ लाख खर्च हुने गरेको पाइएको छ ।
एक समर्थकको भनाइलाई सामाजिक सञ्जालमा शेयर गर्दै पुनले यस्तो जानकारी दिएका हुन् । यो खर्च धान्नको लागि आफू पुस्तक बेच्न बाध्य भएको सांसद पुनको भनाइ छ ।
पुन शेयर गरेको समर्थकको भनाइमा लेखिएको छ– 'अनि किताब नबेचेर के गर्नु त ? महावीर पुनले सांसद नहुँदै र सांसद भएर पनि किन किताब बेच्दैछ भन्ने एउटै कारण पढ्नुहोस्– अहिले राष्ट्रिय आविष्कार केन्द्रमा र पोखरा आईसिटी इनोभेसन ल्यावमा ३८ जना तथा वीरगन्ज कृषि औजार कारखानामा ४५ जना गरेर जम्मा ८३ जना युवाहरूले काम गरी रहेका छन् । अनि १० देखि १५ जनाले इन्टर्नसीप गर्छन् । ९० जना जतिलाई दैनिक दालभात र खाजा खुवाउनु पर्छ र पूर्णकालीनलाई पारिश्रमिक मात्र प्रति महिना २५ लाख रुपैयाँ जति लाग्छ । अनुसन्धान र नवप्रवर्तन गर्नेहरूको लागि मशिनरी र कच्चा पदार्थहरूको किन्न धेरै पैसा खर्च हुन्छ। आम जनताले दान गरेको पैसाले पुग्दैन। त्यसैले बाध्य भएर किताब बेचेको हो। हिन्दीमा भन्दा 'मर्ता क्या नही कर्ता' । कुरा बुझ्नु भो ?'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण