६ दलका यी सांसदले आज सम्बोधन गर्दैछन् प्रतिनिधिसभा बैठकमा
सारांश
- आज प्रतिनिधिसभाको पहिलो बैठक सिंहदरबारमा बस्दैछ, जसमा शीर्ष नेताहरूले सम्बोधन गर्नेछन्।
- बैठकमा रवि लामिछाने, भीष्मराज आङ्देम्बे, रामबहादुर थापा, पुष्पकमल दाहाल, हर्क साम्पाङ र ज्ञानबहादुर शाहीले सम्बोधन गर्नेछन्।
- कांग्रेसका सभापति गगन थापा निर्वाचनमा पराजित भएका कारण भीष्मराज आङ्देम्बेले सम्बोधन गर्नेछन्।
काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाबाट बनेको प्रतिनिधिसभाको पहिलो बैठक आज बस्दैछ । दिउँसो २ बजे सिंहदरबारको पुतली बगैँचामा रहेको निर्माणाधीन नयाँ संसद् भवनको बहुउद्देश्यीय हलमा बस्ने बैठकमा ६ राष्ट्रिय दलका ६ सांसदले सांसदले सम्बोधन गर्ने सहमति दलहरूबिच बनेको छ ।
सङ्घीय संसद् सचिवालयले दिएको जानकारी अनुसार बैठकमा सत्तासिन दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद रवि लामिछानेले सम्बोधन गर्नेछन् ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले सम्बोधन गर्नेछन् । कांग्रेसका सभापति गगन थापासहितका शीर्ष नेता प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका र नेता बाँकी रहेकाले आङदेम्बेले सम्बोधन गर्ने तय भएको कांग्रेस नेताहरू बताउँछन् ।
दिउँसो २ बजेका लागि आह्वान गरिएको बैठकमा नेकपा एमालेका तर्फबाट संसदीय दलको नेता रामबहादुर थापा ‘बादल’, नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट संसदीय दलको नेता एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने तय भएको सचिवालयले जनाएको छ ।
श्रम संस्कृति पार्टीको तर्फबाट अध्यक्ष एवं सांसद हर्क साम्पाङ र राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सम्बोधन गर्ने कार्यक्रम तय भएको सचिवालयले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानलाई सधैँ मलकै पिरलो : ठेक्का प्रक्रियादेखि वितरणसम्म कहाँ छ समस्या?
-
प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण