शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अपडेट

यातायात र मालपोत कार्यालय सुर्खेतबाट १६ जना बिचौलिया पक्राउ

बिहीबार, १९ चैत २०८२, १२ : ४०
बिहीबार, १९ चैत २०८२

सारांश

  • सुर्खेत प्रहरीले यातायात र मालपोत कार्यालयबाट १६ बिचौलियालाई पक्राउ गरेको छ।
  • पक्राउ परेका व्यक्तिहरूले सेवाग्राहीबाट रकम लिई सवारी नवीकरण र जग्गा नामसारीको काम गर्दै थिए।
  • प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।

सुर्खेत । सुर्खेत प्रहरीले यातायात व्यवस्था कार्यालय र मालपोत कार्यालय सुर्खेतबाट १६ जना बिचौलियालाई पक्राउ गरेको छ ।

बिहीबार बिहान ११;३० बजेको समयमा वीरेन्द्रनगर स्थित यातायात व्यवस्था कार्यालय १० जना महिला र मालपोत कार्यालय सुर्खेतबाट ६ जना पुरुष गरी जम्मा १६ जना बिचौलिया पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाका अनुसार, उनीहरुले सेवाग्राहीको सवारी दर्ता किताब (बिलबुक) नवीकरण गरिदिन्छु, जग्गा नामसारी तथा भू– सेवाका कार्य गरिदिन्छु भनी रकम लिइ बिचौलियाको काम गरिरहेका थिए ।

‘हामीलाई सार्वजनिक सेवा प्रवाहमा अवरोध गरेको सूचना आयो,’ उनले भने, ‘सोही आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी सहायक निरीक्षक किशोर खत्रीको कमान्डमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।’ उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई थप अनुसन्धान भइरहेको उनले बताए ।

यातायात व्यवस्था कार्यालय सुर्खेतबाट

१. जिल्ला सुर्खेत वीरेन्द्रनगर न.पा.१ प्रगतिशील टोल बस्ने वर्ष ३६ को दीपक बहादुर बि.क.  

२. ऐ. ३ बस्ने वर्ष ६२ को इन्द्र बहादुर शाही

३. ऐ. १२ बस्ने वर्ष ३३ को प्रदिप खड्का

४. ऐ.लेकवेशी नगरपालिका ३ बस्ने वर्ष ३७ को रमेश दमाई

५. ऐ.बि.न.पा. ५ बस्ने वर्ष २८ को हरिप्रसाद देवकोटा

६. ऐ.१० बस्ने वर्ष ३२ को प्रभाकर शर्मा गौतम

मालपोत कार्यालय सुर्खेतबाट

७. ऐ.११ बस्ने वर्ष ३२ कि रोशमी तिवारी

८. ऐ. ३ बस्ने वर्ष २५ कि लक्ष्मी शाही

९. ऐ.१२ बस्ने वर्ष ३८ कि कुसुम बुढा क्षेत्री।

१०. ऐ.३ बस्ने वर्ष ३४ कि पार्वती योगी

११. ऐ.५ बस्ने वर्ष ३५ कि पवित्रा न्यौपाने

१२. ऐ.११ बस्ने वर्ष ३१ कि दुर्गा शाही

१३. ऐ.६ बस्ने वर्ष २३ कि सम्झना योगी

१४. ऐ.११ बस्ने वर्ष १८ कि रोशनी शाही

१५. ऐ.६ बस्ने वर्ष ३८ कि निर्मला योगी

१६. ऐ.११ बस्ने वर्ष २० की गीता सुनार

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप