इनिसा विकका परिवारले बल्ल बुझे शव
सारांश
- सुर्खेतमा बलात्कारपछि हत्या गरिएकी इनिसा विकको शव परिवारले २७ दिनपछि बुझेको छ।
- इनिसाको परिवारले न्यायको माग गर्दै शव बुझ्न मानेका थिएनन्, तर अदालतको आदेशपछि शव बुझेका हुन्।
- घटनामा संलग्न भएको आरोप लागेका चार जनालाई अदालतले पुर्पक्षका लागि बाल सुधार गृह पठाएको छ।
सुर्खेत । बलात्कारपछि हत्या गरिएको भनिएकी इनिसा विकका परिवारले घटनाको २७ दिनपछि शव बुझेका छन् ।
प्रदेश अस्पतालको शव गृहमा रहेको इनिसाको शव उनका परिवारले बुझेर लगेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाले रातोपाटीलाई बताए ।
परिवारले बिहीबार नै भेरी नदीमा इनिसाको दाहासंस्कार गर्ने बताइएको छ ।
फागुन २३ गते शनिबार बिदाको दिन बिहान ६ बजे नै ट्युसन पढ्न जाने भन्दै घरबाट निस्किएकी उनी बिहान ९ बजेतिर वीरेन्द्रनगर नगरपालिका–४ को उत्तरतर्फ पर्ने जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा भेटिएकी थिइन् ।
उनलाई प्रदेश अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । सोही दिन प्रहरीले घटनास्थलबाट उनका प्रेमी भनिएका किशोरलाई नियन्त्रणमा लिएको थियो ।
इनिसाकी आमाले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै फागुन २४ गते अन्य तीन जनाको नाममा निवेदन दिइन् । प्रहरीले ती तीन जना किशोरलाई सोही दिन पक्राउ गर्यो ।
यद्यपि इनिसाका परिवारले न्याय नपाएसम्म शव नउठाउने बताएका थिए ।
मंगलबार अदालतले आरोपित चारै जनालाई पुर्पक्षका लागि बाल सुधार गृहमा पठाउन आदेश दिएसँगै उनीहरुले शव उठाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण