वन उपभोक्ता समितिका अध्यक्ष दानीसमेत ५ जना विरुद्ध भ्रष्टाचार मुद्दा
सारांश
- अख्तियारले सुर्खेतको चौकुने गाउँपालिकाका ५ जनाविरुद्ध सार्वजनिक सम्पत्तिमा हानि पुर्याएको आरोपमा मुद्दा दायर गरेको छ।
- मुद्दा दायर हुनेमा उपभोक्ता समितिका अध्यक्ष अमर बहादुर दानी, कोषाध्यक्ष सावित्रा अधिकारी लगायत छन्।
- उनीहरूले आर्थिक वर्ष २०७०/०७१ देखि २०७५/०७६ सम्मको अवधिमा नक्कली बिल बनाएर रकम हिनामिना गरेको आरोप छ।
काठमाडौँ । सुर्खेतको चौकुने गाउँपालिका–५ स्थित मालिका वन उपभोक्ता समितिका अध्यक्ष अमर बहादुर दानीसमेत ५ जनाविरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी पु¥याइ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार दानीसमेत ५ जनाविरुद्ध विशेष अदालतलमा आरोपपत्र दायर गरेको हो ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार उपभोक्ता समितिका अध्यक्ष दानीसहित कोषाध्यक्ष सावित्रा अधिकारी, सचिव तेजेन्द्र बहादुर वयक क्षेत्री, सामुदायिक वन उपभोक्ता समूहका सदस्य हरिप्रसाद अधिकारी र दर्तावाल लेखा परीक्षक ज्ञानेन्द्रबहादुर केसीविरुद्ध मुद्दा दायर भएको हो ।
दानी, अधिकारी र क्षेत्रीविरुद्ध १२ लाख १८ हजार ५१२ रुपैयाँ बिगो दाबी गरिएको छ भने अधिकारीविरुद्ध दुई लाख ८५ हजार बिगो दाबी गरिएको छ ।
आयोगका प्रवक्ता न्यौपानेका अनुसार आपसी मिलेमतोमा निजहरूले आर्थिक वर्ष २०७०÷०७१ देखि २०७५÷०७६ सम्मको लेखा परीक्षण प्रतिवेदन आम्दानी र खर्चको विवरणबाट कार्ययोजना नबनाइ उपभोक्ता समितिको निर्णय विना बिल नहुँदासमेत सडक निर्माण कार्यमा खर्च गरेको भनी नक्कली भुक्तानी गरेको देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण