अपडेट
पेट्रोलको मूल्य हालसम्मकै उच्च विन्दुमा
बिहीबार, १९ चैत २०८२, २२ : ३५
सारांश
- नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्यमा प्रतिलिटर १५ रुपैयाँले वृद्धि गरेको छ।
- नयाँ मूल्यसूची अनुसार काठमाडौँमा पेट्रोलको मूल्य हालसम्मकै उच्च बिन्दु २०२ रुपैयाँ पुगेको छ।
- अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि भएसँगै निगमलाई भइरहेको घाटा पूर्ति गर्न मूल्य समायोजन गरिएको हो।
काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ, जससँगै पेट्रोलको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । निगमले पेट्रोल तथा डिजेलमा प्रतिलिटर १५ रुपैयाँले मूल्य बढाउने निर्णय गरेको हो ।
निगम सञ्चालक समितिको चैत १९ गतेको निर्णयअनुसार, बढेको मूल्य शुक्रबार बिहान १२ बजेदेखि कार्यान्वयनमा आउनेछ । नयाँ मूल्यसूची अनुसार अब काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटर २०२ रुपैयाँ तथा डिजेल र मट्टीतेल प्रतिलिटर १७२ रुपैयाँ कायम भएको छ ।
निगमले मध्यपूर्वको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य निरन्तर बढिरहेको र यसले गर्दा निगमलाई पाक्षिक रूपमा करिब १३ अर्ब २१ करोड रुपैयाँ घाटा भइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण