मोटरसाइकल चोरीमा संलग्न एक जना ट्राफिक प्रहरीको नियन्त्रणमा
सारांश
- काठमाडौँको सुन्दरीजलबाट चोरीको मोटरसाइकल सहित एक जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।
- नियन्त्रणमा परेका सुजित कुमार सहनीले बागमती प्रदेश ०२-०२२ प २५६७ नम्बरको मोटरसाइकल नम्बर प्लेट बिना चलाइरहेका थिए।
- थप अनुसन्धानका लागि पक्राउ परेका व्यक्तिलाई प्रहरी वृत्त बौद्ध पठाइएको छ।
काठमाडौँ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका १ सुन्दरीजलबाट बिहीबार चोरीको मोटरसाइकल सहित १ जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा आउनेमा सर्लाहीको चक्रघट्टा गाउँपालिका ५ घर भई हाल काठमाडौँको सुन्दरीजल बस्ने २७ वर्षीय सुजित कुमार सहनी रहेका छन् ।
वास्तविक नम्बर बागमती प्रदेश ०२–०२२ प २५६७ रहेको उक्त मोटरसाइकल नम्बर प्लेट नराखी चलाइरहेको अवस्थामा सुन्दरीजल सडकखण्डमा फेला पारी सहनीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । उक्त मोटरसाइकल काठमाडौँको जोरपाटीबाट हराएको भनी काठमाडौँ महानगरपालिका ६ बस्ने राजु लामाले खोजतलासका लागि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए ।
मोटरसाइकल सहित नियन्त्रणमा आएका सहनीलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त बौद्ध पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता,प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिए ।
आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरू जडान गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न प्रहरी उपरीक्षक सुवेदीले आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण