सशस्त्र प्रहरीका इन्स्पेक्टर ४० हजार घुससहित पक्राउ
शुक्रबार, २० चैत २०८२, ११ : ११
सारांश
- धनुषाको लालगढबाट सशस्त्र प्रहरीका इन्स्पेक्टर बिकिल अधिकारीलाई ४० हजार घुससहित अख्तियारको टोलीले पक्राउ गरेको छ।
- सडक निर्माण कार्यमा प्रयोग हुने सवारी साधन रोकेर अवरोध सिर्जना गरी घुस मागेको आरोपमा उनलाई बर्दिबासबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो।
काठमाडौँ । धनुषाको लालगढबाट सशस्त्र प्रहरीका एक जना इन्स्पेक्टरलाई अख्तियारको टोलीले घुससहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा इन्स्पेक्टर वकिल अधिकारी छन् ।
शुक्रबार उनलाई अख्तियारको क्षेत्रीय कार्यालय बर्दिबासबाट खटिएको टोलीले पक्राउ गरेको हो । उनको साथबाट घुस बापत लिएको ४० हजार नगद बरामद गरिएको अख्तियारका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
कमला–ढल्केबर–बागमती सडक खण्ड अन्तर्गत माटो तथा ग्राभेल फिलिङ कार्यमा प्रयोग हुने सवारी साधन रोकेर अवरोध सिर्जना गर्दै उनले घुस माग्ने गरेको आरोप छ । आरोपीमाथि अख्तियारले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेसीको रेकर्ड तोड्दै लामिन यामलको ऐतिहासिक गोल: बने विश्वकप इतिहासकै ८ औँ कान्छा गोलकर्ता
-
‘भिएआर’ले खोस्यो इरानको अग्रता: बेल्जियम र इरानबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती
-
इजरायलद्वारा उत्तरी सीमा क्षेत्रमा लगाइएका सबै प्रतिबन्धहरू फुकुवा
-
घोराहीमा ९ वर्षमा १९८ किलोमिटर सडक कालोपत्रे
-
बेल्जियम र इरान भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण