व्यवस्थापिकाको गरिमालाई उच्च राख्छु : डीपी अर्याल
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीका डोलप्रसाद अर्यालले सभामुख पदका लागि उम्मेदवारी दर्ता गराएका छन्।
- सभामुखको जिम्मेवारी पाएमा संविधान, कानुन, राष्ट्र र जनताको हितमा काम गर्ने उनले प्रतिबद्धता जनाएका छन्।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) बाट सभामुख पदमा निर्विरोध भएका डोलप्रसाद अर्याललेआफूले देश र जनताको पक्षमा काम गर्ने बताएका छन् ।
शुक्रबार संसद् भवन सिंहदरबारमा उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै अर्यालले देश र जनताको पक्षमा आफूले जिम्मेवारी बहन गर्ने बताएका हुन् ।
‘मैले जुन जिम्मेवारी पाउँदैछु । मैले त्यो जिम्मेवारीमा नेपालको संविधान, कानुन, राष्ट्र र जनताको हितमा व्यवस्थापिकाले गर्नुपर्ने काम न्यायगत रूपमा मैले गर्नेछु’, उनले भने ।
अर्यालले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको शक्ति पृथकीकरणको सिद्धान्तलाई आत्मसात गर्दै व्यवस्थापिकाको गरिमालाई उच्च राख्ने समेत बताए । उनले आफ्नो उम्मेदवारी नेपाली जनताको हित र राष्ट्रियताको संरक्षणका लागि भएको स्पष्ट पारे ।
अर्यालले आफ्नो कार्यकालमा व्यवस्थापकीय कार्यहरुलाई पारदर्शी र जनमुखी बनाउने प्रतिवद्धता समेत दोहोर्याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
जलवायु संकटको चक्रव्यूहमा नेपाल, इतिहासकै गम्भीर संकट
-
रास्वपा महाधिवेशन : आज निर्वाचन प्रक्रिया अघि नबढ्ने
-
२० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर नै चोरी !
-
व्यापार घाटा १५.६७ प्रतिशतले बढ्यो, १५७ मध्ये १२३ देशसँग घाटा
-
नाचगानमा रास्वपा महाधिवेशन प्रतिनिधि (भिडियाेसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण