अपडेट
सभामुखमा डीपी अर्यालको एकल उम्मेदवारी
शुक्रबार, २० चैत २०८२, १४ : १०
काठमाडौँ । सभामुख पदमा रास्वपाका उपसभापति डीपी अर्यालको एकल उम्मेदवारी परेको छ । शुक्रबार मनोनयन दर्ताका लागि तोकिएको समय दिउँसो २ बजेसम्म उनको मात्रै उम्मेदवारी परेको हो ।
यसअघि नेकपा एमालेले समेत मनोनयन दर्ता गराउने भनेपनि अन्तिम समयमा उक्त पार्टी समेत मनोनयन दर्ताका लागि गएन ।
संघीय संसद सचिवालयले उम्मेदवारी दर्ता गर्ने निर्धारित समयमा अर्यालको मात्रै मनोनयन दर्ता भएको जनाएको छ । अब अर्याल आइतबार सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा हुनेछ ।
यसअघि समाचारको शीर्षकमा अन्यथा भएकाले सच्याइएको छ-सम्पादक
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एन्सिसोको गोलमा जर्मनी विरुद्ध पाराग्वे १–० ले अगाडि
-
एकै दिन भक्तपुरबाट ४० टन ताइचिन चिउरा बिक्री
-
लुम्बो हिमशिखरको पहिचान
-
पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै
-
जर्मनी भर्सेस पाराग्वे: २०१४ पछि पहिलो पटक नकआउट चरणमा जर्मनी
-
मार्टिनेली नायक बन्दा ब्राजिलको रोमाञ्चक पुनरागमन, जापान विश्वकपबाट बाहिरियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण