कास्कीबाट ६ जना फरार प्रतिवादी पक्राउ
शुक्रबार, २० चैत २०८२, २० : ३६
पोखरा । विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका ६ जना प्रतिवादीहरूलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ । कास्की जिल्ला अदालतबाट विभिन्न मितिमा भएका फैसलाअनुसार कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका उनीहरूलाई पक्राउ गरेर अदालत हाजिर गराइएको हो ।
पक्राउ परेका ६ जनाबाट कुल ५ महिना ४ दिन कैद सजाय र २० लाख ५२ हजार ५ सय रुपैयाँ जरिवाना असुल गर्न बाँकी रहेको कास्की प्रहरी प्रवक्ता डीएसपी हरीबहादुर बस्नेतले जानकारी दिए ।
तीमध्ये सवारी ज्यान कसूरका १ जना, चेक अनादर कसूरका ३ जना र बैङ्किङ कसूर मुद्दाका २ जना छन् । फैसला कार्यान्वयनका लागि प्रहरीले फरार प्रतिवादीहरूको खोजीलाई तीव्रता दिएको बस्नेतले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मंगलबार यी राशिहरुकाे लागि शुभ, हेर्नुहाेस् राशिफल
-
पेनाल्टी सुटआउटमा जर्मनी स्तब्ध, पाराग्वे अन्तिम १६मा प्रवेश
-
जर्मनी र पाराग्वेको रोमाञ्चक भिडन्त पेनाल्टी सुटआउटमा
-
जारी विश्वकपमा पहिलो पटक खेल थप समयमा, जर्मनी र पाराग्वेबिचको भिडन्त अतिरिक्त समयमा
-
जर्मनीको पुनरागमन: काई हाभर्ट्जको गोलमा खेल बराबरी
-
एन्सिसोको गोलमा जर्मनी विरुद्ध पाराग्वे १–० ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण