शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
आजको राशिफल

शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

शनिबार, २१ चैत २०८२, ०५ : ००
शनिबार, २१ चैत २०८२

सारांश

  • शनिबारको पञ्चाङ्ग अनुसार आजको दिन विभिन्न राशिहरूका लागि मिश्रित फलदायी रहनेछ।
  • शुभ कार्य वा यात्राको लागि लाभ बेला र अमृत बेलाको समय उत्तम मानिएको छ।
  • राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्न सल्लाह दिइएको छ।

आजको पञ्चाङ्ग

वि.सं.२०८२ साल चैत्र २१ गते । शनिबार । इस्वी सन् २०२६ अप्रिल ४ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४७ । वैशाख कृष्णपक्ष । तिथि–द्वितीया, ७ घडी ४१ पला, बिहान ८ बजेर ५८ मिनेट उप्रान्त तृतीया । नक्षत्र–स्वाती, ३६ घडी ४६ पला, बेलुकी ८ बजेर ३६ मिनेट उप्रान्त विशाखा । योग–हर्षण, १९ घडी १५ पला, दिउँसो १ बजेर ३६ मिनेट उप्रान्त बज्र । करण–गर, बिहान ८ बजेर ५८ मिनेट उप्रान्त वणिज, बेलुकी ९ बजेर ४४ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–सिद्धि योग । चन्द्रराशि–तुला ।

काठमाडौमा सूर्योदय बिहान ५ बजेर ५४ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर २२ मिनेट । दिनमान ३१ घडी ११  पला ।

आजको बार बेला ।

  • बिहान ५ बजेर ५४ मिनेटसम्म  काल बेला ।
  • बिहान ५ बजेर ५५ मिनेटदेखि बिहान ७ बजेर २७ मिनेटसम्म शुभ बेला ।
  • बिहान ७ बजेर २८ मिनेटदेखि बिहान ९ बजेर १ मिनेटसम्म रोग बेला ।
  • बिहान ९ बजेर २ मिनेटदेखि बिहान १० बजेर ३४ मिनेटसम्म उद्वेग बेला ।
  • बिहान १० बजेर ३५ मिनेटदेखि बिहान १२ बजेर ८ मिनेटसम्म चर बेला ।
  • दिउँसो १२ बजेर ९ मिनेटदेखि दिउँसो १ बजेर ४१ मिनेटसम्म लाभ बेला ।
  • दिउँसो १ बजेर ४२ मिनेटदेखि दिउँसो ३ बजेर १५ मिनेटसम्म अमृत बेला ।
  • दिउँसो ३ बजेर १६ मिनेटदेखि बेलुकी ४ बजेर ४९ मिनेटसम्म काल बेला ।
  • बेलुकी ४ बजेर ५० मिनेटदेखि बेलुकी ७ बजेर ४९ मिनेटसम्म लाभ बेला ।

नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल

बिहान ९ बजेर  ० मिनेटदेखि बिहान १० बजेर ३४ मिनेटसम्म राहुकाल रहनेछ ।

नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रीय मान्यता रहेको ।

ब्रहा मुहूर्त

बिहान ४ बजेर १८ मिनेटदेखि बिहान ४ बजेर ६ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

आजको राशिफल

  • मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) घरायसी सेवा सुविधाको उपयोग गरी अगाडी बढ्न सकिनेछ । आफन्त तथा साथीभाइको सहयोग पाइने योग रहेको छ । व्यापारमा मनग्गे आम्दानी गरी आर्थिक अवस्था सुदृढ बनाउन सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ भने विपरीत लिङ्गको सहयोगले राम्रा काम गर्न सकिनेछ । बिलासी वस्तुको प्रयोग मार्फत अरूको मन आफूतिर लोभ्याउन सकिनेछ । यात्रा, खानपान तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ ।
  • वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) पुराना रोगहरू फेरि बल्झन सक्छ ध्यान दिनुहोला । रकम लगानी गर्नको लागी केही समय पर्खनु नै उचित रहेको छ । व्यापार व्यवसायमा भनेजस्तो आम्दानी नहुँदा आर्थिक अवस्था खस्कनेछ । प्रेममा एक अर्कालाई बुझ्न नसक्दा केही समयको लागि टाढिनु पर्ने हुन सक्छ । कुनै पनि विवादमा सामेल भए हारिने सम्भावना रहेको छ । यात्रा गर्दा वा मानव निर्मित साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।
  • मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) व्यवसाय तथा काम गर्ने वातावरण बन्ने हुनाले आर्थिक अवस्था सुदृढ हुनेछ। आफन्त तथा सन्तानबाट तपाईँको काममा विशेष सहयोग प्राप्त हुनेछ । बौद्धिकताको प्रयोग गरी नाम तथा दाम कमाउन सकिनेछ । नयाँ विचार दिमागमा आउने हुनाले प्रविधिको प्रयोग गरी व्यवहारमा रूपान्तरण गर्न सकिनेछ । प्रेममा सफलता मिल्नेछ । पढाइकै शिलशिलामा यात्रा गर्ने अवसर जुर्नेछ ।
  • कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) अध्ययन तथा अध्यापनमा सफलता प्राप्त गर्न अलि बढी नै मेहनेत गर्नु पर्नेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले सर्वसाधारणसँग सन्तुलित व्यवहार गर्नुहोला । तर पनि आमा तथा आफन्तबाट भनेजस्तो सल्लाह तथा सुझाव पाइने हुनाले सुधारात्मक काम गर्न सहयोग हुनेछ । कृषि तथा पशुपालन व्यवसायबाट राम्रो आम्दानी हुनेछ । सामाजिक काममा समय दिनु पर्नेछ भने तपाईँको काम देखि सबै खुसी हुनेछन् ।
  • सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) अध्ययनमा समय दिन नसक्दा अरूभन्दा पछि परिनेछ भने अरूकै लागि श्रम तथा शक्ति खर्च हुनेछ । रमाइलो वातावरणमा पनि मन खिन्न हुनेछ । साथीभाइ तथा आफन्तसँग विवाद बढ्ने योग रहेको छ ध्यान दिनुहोला । प्रेममा एक अर्कालाई विश्वास गर्न नसक्दा वैमानश्यता बढ्नेछ । व्यापार व्यवसाय समय लगानी गरे पनि आम्दानी थोरै हुनेछ । दाजुभाइ तथा आफन्तसँग टाढिने योग रहेको छ ।
  • कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) आफ्नो प्रिय पात्रलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रसन्न रहनेछ । विवादित विषयहरूको नतिजा तपाईँ आफ्नै पक्षमा आउने हुनाले मन प्रसन्न हुनेछ । अर्थ उपार्जनका विभिन्न स्रोतहरू जुट्ने हुनाले पछिसम्म आम्दानी हुने व्यवसायमा लगानी बढाउन सकिनेछ । परिवारका साथ रहेर मिष्ठान्न भोजन लिने अवसर मिल्नेछ । तपाईँले सुरु गर्नुभएको कामको दाजुभाइ तथा छिमेकीबाट उच्च मूल्याङ्कन हुने ग्रहयोग रहेको छ ।
  • तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) तपाईँले सुरु गरेको काममा आफन्त तथा कुटुम्बको सहयोग प्राप्त हुनेछ । पारिवारिक माहोलमा दिन बित्नेछ भने मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बोलीको प्रभाव बढ्ने हुनाले बोलेरै धेरै काम गर्न सकिनेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै नतिजा आफैतिर ल्याउन सकिनेछ । माया प्रेममा शङ्का उपशङ्काहरू हट्दै जानेछ । निर्माण सामाग्री तथा खानेकुराको सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । यात्रा, खानपान तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ ।
  • बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)  यात्राका क्रममा ध्यान दिनुहोला समय मध्यम रहेको छ । काम गर्दा नीति नियमको पालना नगर्दा दण्ड तथा जरिवाना हुन सक्छ ध्यान दिनुहोला । व्यापार व्यवसायमा कम मात्र आम्दानी हुँदा आर्थिक क्षेत्र कमजोर रहनेछ । भौतिक सम्पत्ति तथा द्रव्य हराउन सक्छ ध्यान दिनुहोला । प्रेममा अविश्वास गर्नाले टाढिनु पर्ने हुन सक्छ । तर पनि विदेशी सामानको व्यापार भने फस्टाएर जानेछ । प्रविधिको प्रयोग मार्फत आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ ।
  • धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) भौतिक सम्पत्तिहरू जुट्नेछन् भने उपहार प्राप्त हुने योग रहेको छ । नयाँ कामहरू गरेर आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । सरकारी सम्पत्ति तथा पैतृक सम्पत्ति हात लागी हुने प्रशस्त सम्भावना रहेको छ । दाजुभाइ वा अग्रजहरूको सुझाव तथा सल्लाह मानेर अगाडी बढ्दा सफलता पाउन सकिनेछ । विद्यामा राम्रो प्रगति हुने हुँदा पढाइ लेखाइमा मन जानेछ । बौद्धिकता प्रयोग गरी समाजमा राम्रा काम गरेर देखाउन सकिनेछ भने आस मारेको काम बन्नाले उत्साह जाग्नेछ ।
  • मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) स्वास्थ्य कमजोर रहने र पारिवारिक स्वास्थ्यमा धन खर्च हुनेछ । जग्गा तथा सवारी साधन सम्बन्धी झमेलामा फस्ने ग्रहयोग रहेकोले ख्याल गरेर काम गर्नुहोला । राजनीति तथा समाजसेवामा जनताको काम गर्दा गर्दै आलोचनाको सिकार होइनेछ । माया प्रेममा एक अर्कालाई विश्वास गर्न नसक्दा छुट्टिनु पर्ने बाध्यता आउनेछ । पढाइ लेखाइमा भने विद्यार्थी वर्गहरूले अलि बढी ध्यान दिए सफलता हात पार्न सक्नेछन् ।  
  • कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) भाग्य तथा समयले साथ दिने हुँदा आटेको तथा ताकेको काम सजिलै बन्नेछन् । सामाजिक तथा सरकारी क्षेत्रमा रहेर जनताको काम गर्ने अवसर प्राप्त हुनेछ । खोजमूलक काममा सफलता मिल्नेछ भने अध्ययनमा रुचि बढ्नेछ । प्रेममा रमाउन चाहनेहरूका लागी दिन राम्रो रहेको छ । शिक्षा तथा धार्मिक क्षेत्रसँग सम्बन्धित कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने धार्मिक यात्रा हुनेछ ।
  • मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) सवारी साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला अप्रिय घटना नघट्ला भन्न सकिन्न । दिनभर व्यस्त भए पनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्दा मन खिन्न हुनेछ । खानपिन तथा बाहिरी वातावरणको ख्याल गर्नुहोला । पढाइ लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिने चिन्ताले सताउनेछ । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ भने आम्दानीका स्रोतहरू साँघुरिनेछन् । माया प्रेममा धोका हुनेछ भने दाम्पत्य जीवनमा घटपट आउनेछ ।

तपाईँको दिन शुभ रहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा प्रसाद भण्डारी
दुर्गा प्रसाद भण्डारी
लेखकबाट थप