काँकडभिट्टा–लौकही सडकमा नेपालकै ठुलो एनिमल पास बन्दै
सारांश
- काँकडभिट्टा–लौकही सडक खण्डमा नेपालकै सबैभन्दा ठुलो एनिमल पासको निर्माण भइरहेको छ।
- हात्तीको आवतजावतलाई सहज बनाउन एसियाली विकास बैंकको ऋण सहयोगमा झापाको चारआलीमा ओभरपास बनाउन थालिएको हो।
- यो ओभरपास १५ मिटर चौडाइ र ६.५ मिटर उचाइका दुई वटा पुलसहित हात्तीको निगरानीका लागि क्यामेरा जडान गरिनेछ।
काँकडभिट्टा । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत काँकडभिट्टा–लौकही सडक खण्डमा नेपालकै ठुलो एनिमल पास निर्माण भइरहेको छ । एसियाली विकास बैंकको ऋण सहयोगमा निर्माण भइरहेको झापा चारआली क्षेत्रमा हात्तीका लागि राजमार्गमा छुट्टै ओभरपास निर्माण थालिएको हो ।
भारतबाट जङ्गली हात्तीहरू आउने रुट पहिचान गरेर ओभरपास निर्माण थालिएको काँकडभिट्टा–लौकही सडक योजना पूर्वी खण्डका इन्जिनियर आश्रय महतले जानकारी दिए । एसियाली मापदण्डको सडक निर्माण थालिएसँगै जङ्गली जनावरका लागि पनि छुट्टै रुट निर्माण थालिएको हो ।
बायो डाइभरसिटि अध्यायनअनुसार यो मार्ग हात्तीका लागि उपयुक्त देखिएको इ. महत बताउँछन् । भारतबाट आउने जङ्गली हात्तीका कारण यो क्षेत्रमा सवारी आवागनलाई अवरोध नहुने गरी रुट निर्माण थालिएको छ ।
यहाँ १५ मिटर चौडाइ र ६ दशमलव ५ मिटर उचाइका २ वटा पुल निर्माण भइरहेको छ । पुल निर्माण भएसँगै हात्तीहरूको निगरानी राख्न सूक्ष्म क्यामेरा समेत जडान गरिने इ. महतले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
-
प्रदीप परियारले बजारमा ल्याए ‘सियोधागो’
-
सीटीईभीटीको उपाध्यक्ष र सदस्य सचिवमा दरखास्त आह्वान
-
भृकुटीमण्डपमा ‘फिन इलेक्ट्रो–टेक २०२६’ सुरु, अर्थमन्त्रीले गरे उद्घाटन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण