उद्योग वाणिज्य महासङ्घ लुम्बिनीको अध्यक्षमा श्रेष्ठ निर्वाचित
शनिबार, २१ चैत २०८२, २० : ०५
रुपन्देही । नेपाल उद्योग वाणिज्य महासङ्घ, लुम्बिनी प्रदेशको अध्यक्षमा भैरहवाका ठाकुरकुमार श्रेष्ठ विजयी भएका छन् ।
भैरहवामा आज सम्पन्न महासङ्घको आठौँ प्रदेशसभा तथा अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन् । उनले अध्यक्ष पदमा जमसेर अलि मियाँलाई पराजित गरे ।
यस्तै जिल्ला नगर उपाध्यक्षमा दाङका टङ्कसिंह बुढाथोकी तथा एसोसिएट उपाध्यक्षमा पाल्पाका राजु महर्जन निर्विरोध निर्वाचित भए । यसैगरी कोषाध्यक्षमा नवलपरासीका लेखनाथ न्यौपाने तथा सदस्यमा बर्दियाका बद्रीनाथ बराल र प्युठानका माधवराज भण्डारी, एसोसिएट सदस्यमा रुपन्देहीका सौरभ अग्रवाल र दाङको लमहीका युवराज पोखरेल निर्विरोध निर्वाचित भएको सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नेत्रप्रसाद आचार्यले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरजुमाथि किन भएन अभियोग दायर ?
-
लखनउको कोचिङ सेन्टरमा भीषण आगलागी, १४ बालबालिकाको मृत्यु
-
बेलायतमा राजनीतिक अस्थिरताः १० वर्षमा सातौँ प्रधानमन्त्री
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण