एनआरएनएमा जिम्मेवारी बाँडफाँट : विभागको नेतृत्व तोकियो (सूचीसहित)
सारांश
- गैरआवासीय नेपाली संघ (एनआरएनए) ले २०२५-२०२७ कार्यकालका लागि विभिन्न ११ वटा विभागहरूको जिम्मेवारी बाँडफाँट गरेको छ।
- संघको संस्थागत सुधार र प्रभावकारी कार्यसम्पादनका लागि मुख्य नेतृत्वहरूको चयन गरिएको छ।
- विभिन्न विभागहरू मार्फत वैदेशिक रोजगारी, लगानी प्रवर्द्धन, र सामाजिक कार्यहरूलाई प्राथमिकता दिइएको छ।
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को २०२५–२०२७ कार्यकालका लागि विभिन्न विभागहरूको जिम्मेवारी बाँडफाँट गरिएको छ।
संघको संस्थागत सुधार र कार्यसम्पादनलाई प्रभावकारी बनाउन ११ वटा मुख्य विभाग र त्यस मातहतका समितिहरूको नेतृत्व चयन गरिएको हो।
संघले सार्वजनिक गरेको कार्यविभाजन अनुसार 'फ्ल्यागसिप प्रोजेक्ट तथा रिब्रान्डिङ' विभागको प्रमुखमा अध्यक्ष डा. हेमराज शर्मालाई जिम्मेवारी दिइएको छ। संस्थाको पुनर्संरचना, सामाजिक साझेदारी र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्ने जिम्मेवारी यसै विभागलाई सुम्पिएको छ।
संघको व्यापार तथा लगानी विभागको प्रमुखमा वरिष्ठ उपाध्यक्ष रोबिन शेरचन चयन भएका छन्। शेरचनले लगानी प्रवर्द्धन समितिको पनि नेतृत्व गर्नेछन्।
परोपकार तथा मानवीय सहायता विभागको जिम्मेवारी रामशरण सिम्खडालाई दिइएको छ, जसमा 'एक एनसीसी एक परियोजना' र 'मोबाइल ब्लड बस' जस्ता महत्त्वपूर्ण कार्यक्रम समावेश छन्।
वैदेशिक रोजगार विभागको नेतृत्व खगेन्द्र नेपाली सम्हाल्नेछन्। यस विभागले वैदेशिक रोजगारीमा रहेका नेपालीको राहत, पुनःस्थापना र परामर्शको काम गर्नेछ।
यस्तै, संगठन तथा प्रशासन विभागको नेतृत्व महासचिव डा. चिरञ्जीवी खड्काले पाएका छन्। उनले संघको अनुगमन, मूल्याङ्कन, सञ्चार र अनुशासन सम्बन्धी कामको सुपरिवेक्षण गर्नेछन्।
आर्थिक स्थायित्व विभागको प्रमुखमा कोषाध्यक्ष कृष्ण तिमिल्सिना छन् ।
गैरआवासीय नेपालीहरूको हकहित र नागरिकता सम्बन्धी मुद्दा हेर्ने 'वेलफेयर अफ एनआरएन' विभागको नेतृत्व बुद्धि सुवेदीले पाएका छन्। यस्तै नेपाल प्रोमोसन विभागको नेतृत्व लोक दाहालले पाएका छन् ।
यसैगरी ज्ञान, सीप र प्रविधि विभागको जिम्मेवारी ज्ञानेन्द्र रेग्मीले पाउँदा महिला विभागको प्रमुखमा राधिका गुरुङ र अमृता थापा, युवा तथा दोस्रो पुस्ता सम्बन्धी विभागमा भीमसेन काजी थापा र नवीन निउरे रहेका छन् ।
_DJ6XBzPOHr.jpg)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्धविराम घोषणाको केही घण्टामै इजरायल र हिजबुल्लाहबिच हानाहान
-
फिफाको आचारसंहिता अन्तिम समयमा फेरबदल : रङ्गशालाभित्र पानीका बोतल लैजान नपाइने
-
युद्धबिच राष्ट्रिय एकताको आह्वान गर्दै इरानका सर्वाेच्च नेताको सन्देश
-
रवि लामिछानेका सामु भारतीय प्रधानमन्त्री मोदीले दोहोर्याए १२ वर्ष पुरानो कुरा
-
फिल्म अभिनयमा डेब्यु गर्दै गायक पशुपति शर्मा
-
टिकटकर तुलसा अधिकारीको थुनछेक बहस सकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण