ला लिगाः बार्सिलोनाद्वारा एथ्लेटिको म्याड्रिड पराजित
सारांश
- स्पेनी ला लिगा फुटबलमा बार्सिलोनाले एथ्लेटिको म्याड्रिडलाई २-१ गोल अन्तरले पराजित गरेको छ ।
- खेलको ८७ औँ मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गरेका थिए ।
काठमाडौँ । स्पेनी ला लिगा फुटबल अन्तर्गत आइतबार बिहान सम्पन्न रोमाञ्चक खेलमा बार्सिलोनाले एथ्लेटिको म्याड्रिडमाथि २–१ गोल अन्तरको जित हात पारेको छ ।
खेलको ३९ औँ मिनेटमा जुलियानो सिमिओनीले गोल गर्दै घरेलु टोली एथ्लेटिको म्याड्रिडलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, एथ्लेटिकोको यो अग्रता धेरै समय टिक्न सकेन । खेलको ४२ औँ मिनेटमा मार्कस रासफोर्डले गोल गर्दै बार्सिलोनालाई १–१ को बराबरीमा ल्याए ।
पहिलो हाफको इन्जुरी समयमा एथ्लेटिकोका निकोलस गोन्जालेजले रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि घरेलु टोली १० खेलाडीमा सिमित भएको थियो ।
खेलको दोस्रो हाफमा दुवै टोलीले थप गोलका लागि निकै सङ्घर्ष गरे । खेल बराबरी तर्फ धकेलिरहेका बेला ८७ औँ मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनाको २–१ को जित सुनिश्चित गरे ।
यो जितसँगै बार्सिलोनाले तालिकामा महत्त्वपूर्ण ३ अङ्क जोडेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेल्जियमलाई झड्का: नाथन एनगोयले रातो कार्ड पाउँदा टोली १० खेलाडीमा सीमित
-
मेसीको रेकर्ड तोड्दै लामिन यामलको ऐतिहासिक गोल: बने विश्वकप इतिहासकै ८ औँ कान्छा गोलकर्ता
-
‘भिएआर’ले खोस्यो इरानको अग्रता: बेल्जियम र इरानबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती
-
इजरायलद्वारा उत्तरी सीमा क्षेत्रमा लगाइएका सबै प्रतिबन्धहरू फुकुवा
-
घोराहीमा ९ वर्षमा १९८ किलोमिटर सडक कालोपत्रे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण