आइतबार प्रतिनिधि सभाको कार्यसूची सभामुख निर्वाचन मात्रै
आइतबार, २२ चैत २०८२, ११ : १३
सारांश
- आइतबार बस्ने प्रतिनिधि सभाको बैठकको कार्यसूचीमा सभामुखको निर्वाचन मात्र समावेश गरिएको छ।
- सभामुख पदका लागि डोलप्रसाद अर्यालको नाम प्रस्ताव गरिने र अन्य मन्त्रीहरूले त्यसको समर्थन गर्नेछन्।
काठमाडौँ । आइतबार प्रतिनिधि सभाको कार्यसूची सभामुख निर्वाचन मात्रै छ । सङ्घीय संसद् सचिवालयले निकालेको कार्यसूचीमा सभामुख पदको निर्वाचन मात्रै उल्लेख छ ।
कार्यसूची अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका रवि लामिछानेले सदस्य डोलप्रसाद अर्याललाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन् । त्यो प्रस्तावको कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भौतिक, पूर्वाधार तथा यातायात मन्त्री एवं सहरी विकासमन्त्री सुनिल लम्सालले समर्थन गर्नेछन् । त्यो बाहेक अर्को कार्यसूची छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण