बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
पर्व

काठमाडौँमा मनाइयो इस्टर सन्डे (तस्बिरहरू)

आइतबार, २२ चैत २०८२, ११ : ३४
आइतबार, २२ चैत २०८२

सारांश

  • विश्वभरका इसाई धर्मावलम्बीहरूले आज इस्टर सन्डे पर्व हर्षोल्लासका साथ मनाइरहेका छन्।
  • काठमाडौँमा र्‍यालीसहित विभिन्न कार्यक्रमको आयोजना गरी यशुको पुनरुत्थानको स्मरण गरिएको छ।

काठमाडौँ । विश्वभरका इसाई धर्मावलम्बीले आज इस्टर सन्डे मनाउँदै छन् । इस्टर सन्डेको अवसरमा आज राजधानी काठमाडौँमा र्‍यालीसहित कार्यक्रमको आयोजना गरिएको छ । 

easter (1)

उपत्यकाको विभिन्न ठाउँबाट सुरु भएको र्‍याली दशरथ रङ्गशालामा पुगेर कार्यक्रममा परिणत भएको छ। इसाई धर्मगुरु यशुलाई क्रसमा चढाइएको ३ दिनमा उनी पुनरुत्थान भएको भन्ने विश्वासका साथ इस्टर सन्डे मनाइन्छ । 

easter (2)

बाइबलमा उल्लेख भए अनुसार दुई हजार वर्ष पहिला शुक्रवारको दिन यशुलाई जेरुसेलमको पहाडमा क्रसमा चढाइएको थियो र त्यसको तेस्रो दिनमा उनी पुनरुत्थान भएका थिए र त्यस दिन आइतबार परेको थियो । 

easter (3)

इस्टर सन्डेलाई यशुको पुनरुत्थान भएको दिनको रूपमा पनि लिने गरिन्छ । यसरी इस्टर सन्डेमा पुनरुत्थान भएका यशु थप ४० दिनसम्म बाँचेको र त्यस समयकालमा उनले आफ्ना अनुयायीलाई शिक्षा दिएको र त्यसपछि स्वर्ग गएको उल्लेख छ । 

easter (4)easter (5)easter (6)easter (7)easter (8)easter (9)easter (10)easter (11)easter (12)easter (13)easter (14)easter (15)easter (16)easter (17)easter (18)easter (19)easter (20)easter (21)easter (22)easter (23)easter (24)easter (25)easter (26)easter (27)easter (28)easter (29)easter (30)easter (31)easter (32)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप