साउथ इन्डियन डर्बी : फर्ममा रहेको बेंगलुरुसँग भिड्दै जितको खोजीमा रहेको चेन्नई
सारांश
- आईपीएलको ११औँ खेलमा आज रोयल च्यालेन्जर्स बेंगलुरु र चेन्नई सुपर किंग्सबिच प्रतिस्पर्धा हुँदैछ।
- बेंगलुरु आफ्नो घरेलु मैदानमा जितको लयलाई निरन्तरता दिने लक्ष्यमा छ भने चेन्नई पहिलो जितको खोजीमा रहेको छ।
- एम. चिन्नास्वामी स्टेडियमको पिच ब्याटिङमैत्री मानिएकाले आजको खेलमा उच्च स्कोरको अपेक्षा गरिएको छ।
बेंगलुरु । इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज लगातार दोस्रो दिन डबल हेडर खेलिँदैछ। दिनको दोस्रो तथा सिजनको ११औँ खेल रोयल च्यालेन्जर्स बेंगलुरु र चेन्नई सुपर किंग्सबिच हुनेछ।
यो खेल बेंगलुरुको घरेलु मैदान एम. चिन्नास्वामी स्टेडियममा बेलुका ७:४५ बजे सुरु हुनेछ। यस सिजन बेंगलुरुले हैदरावादलाई हराएर सुखद सुरुवात गरेको छ।
उता, चेन्नईले भने आफ्ना दुवै खेल हारेको छ। अङ्क तालिकामा बेंगलुरु तेस्रो र चेन्नई १०औँ स्थानमा छन्।
- बेंगलुरुविरुद्ध चेन्नईको ६१% जित
बेंगलुरु र चेन्नईबिच हालसम्म कुल ३६ खेल भएका छन्। जसमध्ये चेन्नईले २२ खेल जितेको छ भने बेंगलुरुले १३ खेलमा जित हात पारेको छ। दुई टोलीबिचको एउटा खेल नतिजाविहीन बनेको थियो। यसरी हेर्दा बेंगलुरु विरुद्ध चेन्नई ले ६१% खेल जितेको छ।
एम. चिन्नास्वामी स्टेडियममा यी दुई टोली १२ पटक आमनेसामने भएका छन्। जसमा बेंगलुरुले ६ र चेन्नईले ५ खेल जितेका छन् भने एउटा खेलको नतिजा निस्कन सकेन। गत सिजन दुवै टोलीबिच दुईवटा खेल भएका थिए र दुवै खेल बेंगलुरुले आफ्नो पक्षमा पारेको थियो।

- चेन्नई सुपर किंग्सको बलिङ कमजोर
चेन्नईका ब्याट्सम्यानहरूले अघिल्लो खेलमा सानदार प्रदर्शन गरेका थिए। आयुष म्हात्रेले पञ्जाबविरुद्ध अर्धशतक प्रहार गर्दै ४३ बलमा ६ चौका र ५ छक्काको मद्दतले ७३ रन बनाएका थिए। कप्तान ऋतुराज गायकवाडले २८ रनको योगदान दिए भने सरफराज खानले मात्र १२ बलमा ३२ रनको तेज इनिङ्स खेले।
त्यस्तै, शिवम दुबेले २७ बलमा अविजित ४५ रन बनाए। यद्यपि, टोलीका बलरहरूले अपेक्षाअनुरूप प्रदर्शन गर्न सकेनन् र २१० रनको विशाल लक्ष्य पनि रक्षा गर्न असफल रहे।

- पहिलो खेलमै कोहलीको अर्धशतक
बेंगलुरुका लागि विराट कोहलीले सिजनको पहिलो खेलमै अर्धशतक प्रहार गरेका थिए। हैदरावादविरुद्ध खेल्दै कोहलीले ६९ रनको इनिङ्स खेले। उनको अर्धशतकको मद्दतले टोलीले २०२ रनको लक्ष्य १६औँ ओभरमै पार गरेको थियो।
बलिङतर्फ ज्याकब डफीले ३ विकेट लिएका थिए र उनी प्लेयर अफ द म्याच चुनिएका थिए।
- चिन्नास्वामीको पिच ब्याटिङमैत्री
एम. चिन्नास्वामी स्टेडियमको पिच सामान्यतया ब्याट्सम्यानका लागि अनुकूल मानिन्छ। सिजनको पहिलो खेलमा बेंगलुरु र हैदरावाद आमनेसामने हुँदा हैदरावादले २०२ रनको लक्ष्य दिएको थियो। बेंगलुरुले यो लक्ष्य १६औँ ओभरमै मात्र ४ विकेट गुमाएर सजिलै पूरा गरेको थियो।
यस मैदानमा हालसम्म कुल १०१ आईपीएल खेल खेलिएका छन्। जसमा पहिले ब्याटिङ गर्ने टोलीले ४३ र पहिले बलिङ गर्ने टोलीले ५४ खेल जितेका छन् भने ४ खेल नतिजाविहीन रहेका छन्। यस मैदानको सबैभन्दा उच्च टिम स्कोर २८७/३ हो, जुन गत वर्ष सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बेंगलुरुविरुद्ध बनाएको थियो।
जसमाथि हुनेछ नजर
- भुवनेश्वर कुमार

१९९ विकेटका साथ भुवनेश्वर कुमार आईपीएलको दोस्रो सर्वाधिक विकेट लिने बलर हुन्। हैदरावादविरुद्ध उनले पावरप्ले र डेथ ओभर दुवैमा उत्कृष्ट नियन्त्रण देखाएका थिए। नयाँ बलमा उनको स्पेल २-०-१५-० थियो।
अन्त्यमा हैदरावादले अन्तिम चार ओभरमा ४६ रन जोड्दा पनि उनले २-०-१६-१ को स्पेल फ्याँकेका थिए। गत सिजन उनले १७ विकेट लिएका थिए। जोस हेजलवुड टोलीमा नभएको अवस्थामा भुवनेश्वरको सफलताले विपक्षीलाई रोक्न बेंगलुरु लाई ठूलो मद्दत गर्नेछ।
- सञ्जु सामसन

सञ्जु सामसन चेन्नई मा आउँदा धेरै चर्चा र उत्साह थियो। उनलाई यो फ्रेन्चाइजीमा एमएस धोनीको उत्तराधिकारीको रूपमा हेरिएको छ। उनी टी-२० विश्वकपमा भारतका लागि लगातार ९७*, ८९ र ८९ रनको शानदार इनिङ्स खेलेर आईपीएलमा आएका थिए।
तर, यस सिजनको सुरुवातमा सामसनले दुई खेलमा क्रमशः ६ र ७ रन मात्र बनाएका छन्। अब उनी ब्याटिङमैत्री चिन्नास्वामी मैदानमा खेल्दैछन् र यहाँको पिचले उनलाई पुरानै लयमा फर्किन मद्दत गर्ने आशा गरिएको छ।
- बेंगलुरुमा २५% वर्षाको सम्भावना
आइतबार हुने खेलमा वर्षाको सम्भावना रहेको छ। मौसम विभागका अनुसार २५% वर्षाको सम्भावना छ। बिहानको समयमा घामसँगै सामान्य बादल लाग्नेछ। आज बेंगलुरुको तापक्रम २१ देखि ३३ डिग्री सेल्सियसको बिचमा रहने अनुमान छ भने हावाको गति करिब १३ किलोमिटर प्रतिघण्टा हुन सक्छ।
- दुवै टोलीको सम्भावित प्लेइङ-१२
रोयल च्यालेन्जर्स बेंगलुरु: विराट कोहली, फिल साल्ट, रजत पाटीदार (कप्तान), जितेश शर्मा (विकेटकिपर), टिम डेभिड, रोमारियो शेफर्ड, क्रुणाल पाण्ड्या, भुवनेश्वर कुमार, अभिनन्दन सिंह, ज्याकब डफी, सुयश शर्मा, देवदत्त पडिक्कल, ज्याकब बेथेल।
चेन्नई सुपर किंग्स: सञ्जु सामसन (विकेटकिपर), ऋतुराज गायकवाड (कप्तान), आयुष म्हात्रे, सरफराज खान, शिवम दुबे, कार्तिक शर्मा, प्रशान्त वीर, नूर अहमद, अंशुल कम्बोज, म्याट हेनरी, खलील अहमद, जेमी ओभरटन।
तथ्याङ्क र रोचक तथ्य
• सामसनविरुद्धको भिडन्तमा भुवनेश्वर हाबी देखिन्छन्। बेंगलुरुका यी फास्ट बलरले चेन्नईका ओपनरलाई १२६.३१ को स्ट्राइक रेट र ३० को औसतमा १२० रन दिएका छन् । उनले ४ पटक आउट गरेका छन्)।
• तर सामसनका ओपनिङ पार्टनर ऋतुराज गायकवाडको रेकर्ड भुवनेश्वरविरुद्ध निकै बलियो छ। चेन्नईका कप्तानले भुवनेश्वरविरुद्ध ४८ बलमा कुनै विकेट नगुमाई ६९ रन बनाएका छन्।
• आईपीएल २०२५ यता पावरप्लेमा चेन्नईको रन रेट सबैभन्दा कम (८.७०) रहेको छ। यसको विपरीत, बेंगलुरु को रन रेट दोस्रो उत्कृष्ट (९.९४) रहेको छ।
• चिन्नास्वामी स्टेडियममा आईपीएलमा ३५ पटक २०० भन्दा बढीको स्कोर बनेको छ। १५ भन्दा बढी खेल खेलाइएका मैदानहरूमध्ये यो सबैभन्दा धेरै हो। यसमा आईपीएल इतिहासकै सबैभन्दा ठूलो स्कोर २८७ (हैदरावादद्वारा सन् २०२४ मा) पनि समावेश छ।
कसले के भने ?
‘हामी उपाधि रक्षा गरिरहेका छैनौँ, हामी अर्को उपाधि जित्न चाहन्छौँ। गत वर्ष जस्तै हामी अझै भोका छौँ। हामी च्याम्पियन हौँ भन्ने कुरा धेरैले बिर्सिसकेका छन्। यो नयाँ सिजन हो र हामी एक पटकमा एउटा खेलमा मात्र ध्यान दिन्छौँ। तर हामीले केही हासिल गरेका छौँ भन्ने आत्मविश्वास हामीमा छ। त्यही आत्मविश्वासका साथ हामी अगाडि बढिरहेका छौँ।’
– जितेश शर्मा (साविक विजेताको ट्यागलाई खासै महत्त्व नदिँदै)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026