सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
अपडेट

कडेल महान्यायाधिवक्तामा नियुक्त

आइतबार, २२ चैत २०८२, १७ : ०१
आइतबार, २२ चैत २०८२

काठमाडौँ । अधिवक्ता डा. नारायण दत्त कडेल महान्यायाधिवक्ता पदमा नियुक्त भएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम प्रधानमन्त्री बालेन शाहको सिफारिसमा कडेललाई उक्त पदमा नियुक्त गरेका हुन्।

राष्ट्रपतिको कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिअनुसार बागलुङका कडेललाई महान्यायाधिवक्तामा नियुक्त गरिएको हो।

महान्यायाधिवक्ता सरकारको मुख्य कानुनी सल्लाहकारका रूपमा रहने संवैधानिक पद हो। 

No description available.

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप