सरकारले दुई दिन बिदा दिने निर्णयबारे के भने पूर्व प्रधानमन्त्री भट्टराईले ?
आइतबार, २२ चैत २०८२, १७ : ३२
१
सारांश
- पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारी कार्यालयमा दुई दिन बिदा दिने सरकारको निर्णय सही र वैज्ञानिक भएको टिप्पणी गरेका छन्।
- उनले यो निर्णयलाई अस्थायी नभई स्थायी रूपमा नै लागू गर्न सुझाव दिएका छन्।
काठमाडौँ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारी कार्यालय समय बिहान ९ देखि साँझ ५ बजे र शनिबार–आइतबार बिदा दिने सरकारको निर्णय सही र वैज्ञानिक भएको टिप्पणी गरेका छन् । भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै यस्ताे बताएका हुन् ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको थियो ।
डा. भट्टराईले यसलाई तत्काल पेट्रोलियम पदार्थको अभावको कारण अस्थायी रूपमा लागू गर्ने मात्र नभई सार्वजनिक वार्षिक बिदा र क्यालेण्डर (पात्रो) मा समेत समयानुकूल सुधार गरी स्थायी रूपमा नै लागू गर्नु सबै हिसाबले राम्रो र उपयोगी हुने सुझाव दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण