बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

मलङ्गवाबाट ९ बिचौलिया नियन्त्रणमा

सोमबार, २३ चैत २०८२, ०० : ५७
सोमबार, २३ चैत २०८२

सारांश

  • सर्लाही प्रहरीले सेवाग्राहीसँग बढी रकम माग्ने नौ जनालाई पक्राउ गर्‍यो।
  • मलङ्गवा मालपोत र ट्रायल सेन्टरबाट उनीहरू पक्राउ परेका हुन्।

सर्लाही । सेवाग्राहीसँग अतिरिक्त रकम माग गरेको भन्दै सर्लाही प्रहरीले नौ विचौलियालाई नियन्त्रणमा लिएको छ ।

मलङ्गवा नगरपालिका–३, मालपोत कार्यालय परिसरबाट सात जना र मलङ्गवा नगरपालिका–९, मलङ्गवा ट्रायल सेन्टरबाट दुई बिचौलिया पक्राउ परेका हुन् । सेवाग्राहीसँग अतिरिक्त रकम माग गरेर सरकारी कामकाजमा प्रभाव पारेको गुनासोपछि उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए ।

प्रहरीले मालपोत कार्यालय मलङ्गवाबाट हरिपुर्वा नगरपालिका–६, का प्रमोदकुमार यादव, मलङ्गवा नगरपालिका–१, का नन्दकिशोर यादव, ब्रह्मपुरी गाउँपालिका–७, का नागेन्द्रकुमार यादव, चन्द्र नगर गाउँपालिका–१, का रामविनय यादव, कविलासी नगरपालिका–१, का रञ्जनकुमार ठाकुर, चक्रघट्ट गाउँपालिका–२, का प्रमोद साह र ईश्वरपुर नगरपालिका–५, का योगेन्द्र महतोलाई पक्राउ गरेको हो ।

यस्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब निरीक्षक बालकृष्ण फुँयालको नेतृत्वमा खटिएको टोलीले मलङ्गवा ड्राइभिङ सेन्टरबाट मलङ्गवा नगरपालिका–६, का जयप्रकाश साह र मलङ्गवा–८, का रवि साहलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप