विद्यालयमा पाठ्यपुस्तक वितरणबारे अनुगमन सुरु
सारांश
- शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आगामी शैक्षिक सत्रका लागि विद्यालय तहका पाठ्यपुस्तकको उपलब्धताबारे अनुगमन सुरु गरेको छ।
- पाठ्यपुस्तक वितरणलाई प्रभावकारी बनाउन सम्बन्धित निकायका व्यक्तिहरूलाई गुनासो र सूचना सङ्कलन गर्न निर्देशन दिइएको छ।
- नयाँ शैक्षिक सत्र आगामी वैशाख १५ गतेदेखि सुरु हुने भएकाले पाठ्यपुस्तकको बिक्री वितरण चैत १६ गतेबाट सुरु भइसकेको छ।
काठमाडौँ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आगामी शैक्षिक सत्रका लागि विद्यालय तहका पाठ्यपुस्तकको उपलब्धताबारे अनुगमन सुरु गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको पाठ्यपुस्तक वितरण व्यवस्थापन अनुगमन केन्द्रीय समितिको यही चैत १९ गतेको निर्णय बमोजिम केन्द्रले अनुगमन सुरु गरेको हो । समितिले केन्द्रका पाठ्यक्रम तथा सामग्री शाखाका प्रमुख निमप्रकाश सिंह राठौरलगायत सम्बद्ध निकायका सम्पर्क व्यक्तिलाई आउने गुनासो र सूचना सङ्कलन गरी वितरणलाई प्रभावकारी बनाउन निर्देशन दिएको छ ।
प्रमुख राठौरले पाठ्यपुस्तक अभाव भएमा मानव स्रोत विकास केन्द्रलगायत पाठ्यक्रम विकास केन्द्र, जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका केन्द्रीय कार्यालयलगायत प्रादेशिक कार्यालयका जिम्मेवार व्यक्तिलाई सूचित गर्न आग्रह गरिएको जानकारी दिए ।
नयाँ शैक्षिक सत्र आगामी वैशाख १५ गतेदेखि सुरु हुँदैछ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले मुद्रण गरिएका पाठ्यपुस्तक यही चैत १६ गतेदेखि बिक्री वितरण सुरु गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
-
वैदेशिक रोजगारीमा जानेको बिमा व्यवस्थापनलाई श्रमिकमैत्री बनाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण