टुँडिखेलमा घाँसे मैदान निर्माणको काम सुरु
सारांश
- काठमाडौँ महानगरपालिकाले टुँडिखेलको दक्षिण भागमा घाँसे मैदान निर्माण गर्ने कार्य अगाडि बढाएको छ।
- महानगरले न्यू बेन्जामिन सुस्मनसँग करिब २ करोड ४२ लाखको लागतमा एक वर्षभित्र काम सक्ने गरी ठेक्का सम्झौता गरेको छ।
- निर्माण कार्यका कारण उक्त क्षेत्रमा हुने विभिन्न सार्वजनिक कार्यक्रम तथा गतिविधिहरू केही समयका लागि अवरुद्ध हुने भएका छन्।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले टुँडिखेलको दक्षिण भाग (सैनिक मञ्चको दक्षिणतर्फको चउर) मा घाँसे मैदान निर्माण कार्य अगाडी बढाएको छ । महानगरपालिकाको सार्वजनिक निर्माण विभागले सूचना जारी गरी चैत ८ गतेदेखि निर्माण कार्य सुरु गरेको हो ।

महानगरपालिकाको आर्थिक वर्ष २०८२(८३ को स्वीकृत बजेट तथा कार्यक्रम अन्तर्गत सो स्थानमा घाँसे मैदान बनाउन लागिएको हो ।
महानगरले भ्याट सहित २ करोड ४२ लाख ५१ हजार १३१ रुपैयाँमा न्यू बेन्जामिन सुस्मन (आर.के.जेभी) सँग एक वर्ष भित्र काम सक्ने गरी ठेक्का सम्झौता गरेको हो । हाल टुँडिखेलमा धरहरा निर्माणको समयमा राखिएको माटो हटाउने, चार कुनामा बोरिङ खन्ने काम भइरहेको छ ।

निर्माण कार्य सुरु भएपछि सो क्षेत्रमा आयोजना हुने विभिन्न चाडपर्व, खेलकुद गतिविधि, सभा–समारोह तथा अन्य सार्वजनिक कार्यक्रमहरू अवरुद्ध हुने महानगरले जनाएको छ । तस्बिर : नेपाल फोटो लाइब्रेरी










खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण