नागरिक क्षेत्रमा आक्रमण भए थप विनाशकारी प्रतिकार गर्ने इरानको चेतावनी
सोमबार, २३ चैत २०८२, ११ : १६
सारांश
- अमेरिका र इजरायलले नागरिक क्षेत्रमा आक्रमण दोहोर्याए थप विनाशकारी प्रतिकार गर्ने इरानले चेतावनी दिएको छ।
- इरानको उच्च सैन्य कमान्डले नागरिक लक्ष्यमा आक्रमण भएमा आगामी कारबाही झन् व्यापक र विनाशकारी हुने जनाएको छ।
तेहरान । अमेरिका र इजरायलले नागरिक क्षेत्रलाई लक्षित गरी आक्रमण दोहोर्याए अझ धेरै विनाशकारी प्रतिकार गर्ने चेतावनी इरानले दिएको छ ।
सरकारी सञ्चारमाध्यम इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकाष्टिङमा प्रकाशित वक्तव्यमा इरानको उच्च सैन्य कमान्ड खतम अल–अबिया केन्द्रीय मुख्यालयका प्रवक्ताले भनेका छन्, ‘यदि नागरिक लक्ष्यहरूमा आक्रमण दोहोरिन्छ भने, हाम्रो आगामी आक्रामक तथा प्रतिकारात्मक कारबाही झन् व्यापक र विनाशकारी हुनेछ ।’
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबारसम्म इरानले स्ट्रेट अफ हर्मुज पुनः सञ्चालन नगरे विद्युत् केन्द्र र पुलहरूमा आक्रमण गर्न सकिने धम्की दिएको समयमा यो प्रतिक्रिया आएको हो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण