‘सेयर बजारमा सरकारकै त्रास : ठुला लगानीकर्ता बाहिरिने जोखिम बढ्यो’
सारांश
- नेपाली कांग्रेसका प्रमुख सचेतक कृष्णबहादुर रोकायाले सरकारका पछिल्ला कदमले सेयर बजारमा त्रासको वातावरण सिर्जना भएको बताएका छन्।
- उनले बजारमा आएको निरन्तर गिरावटले लगानीकर्ताले करिब ३ खर्ब रुपैयाँ गुमाएको र ठुला लगानीकर्ता पलायन हुने जोखिम बढेको उल्लेख गरेका छन्।
- सांसद रोकायाले पुँजी बजारमा देखिएको अनिश्चितता हटाउन सरकारलाई तत्काल विशेष कदम चाल्न आग्रह गरेका छन्।
काठमाडौँ । राष्ट्रिय सभामा नेपाली कांग्रेसका प्रमुख सचेतक कृष्णबहादुर रोकायाले सेयर बजारको वर्तमान अवस्थाप्रति गम्भीर चिन्ता प्रकट गर्दै सरकारको ध्यानाकर्षण गराएका छन्। सोमबार बसेको राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै सांसद रोकायाले बजारमा सरकारकै कारण त्रासको वातावरण सिर्जना भएको र यसले गर्दा ठुला लगानीकर्ताहरू पलायन हुने खतरा बढेको दाबी गरेका हुन्।
उनले सेयर बजारमा आएको निरन्तर गिरावटले लगानीकर्ताहरूमा नकारात्मक सन्देश प्रवाह भइरहेको उल्लेख गर्दै यसलाई रोक्न सरकारले तत्काल विशेष कदम चाल्नुपर्ने माग राखे। नयाँ र बलियो सरकार गठन भएपछि उद्योगी तथा व्यवसायीहरूमा उत्साह देखिए तापनि पछिल्लो समय सरकारले चालेका केही कदमले उनीहरूलाई सशङ्कित बनाएको रोकायाको भनाइ छ।
सरकारले उद्योगी व्यवसायीमाथि गरेको पछिल्लो एक्सनका कारण पुँजी बजार अब माथि उठ्न सक्दैन भन्ने भाष्य निर्माण भएको उनले बताए। यही नकारात्मक सोच र त्रासका कारण नेप्सेमा लगातार उच्च अङ्कको गिरावट देखिएको भन्दै उनले स्टक ब्रोकर एसोसिएसनको विश्लेषणलाई समेत सदनमा प्रस्तुत गरे।
सांसद रोकायाका अनुसार पछिल्लो समय सेयर बजारका लगानीकर्ताले करिब ३ खर्ब रुपैयाँ गुमाइसकेका छन्। बजारमा व्याप्त त्रास र अनिश्चितताले गर्दा ठुला व्यवसायीहरू बजारबाटै बाहिरिने अवस्था आउनु अर्थतन्त्रका लागि घातक हुने उनले चेतावनी दिए।
उनले नेपाल सरकारलाई यस विषयमा गम्भीर बन्न र बजारमा आत्मविश्वास भर्ने वातावरण बनाउन समेत आग्रह गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन : आज निर्वाचन प्रक्रिया अघि नबढ्ने
-
२० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर नै चोरी !
-
व्यापार घाटा १५.६७ प्रतिशतले बढ्यो, १५७ मध्ये १२३ देशसँग घाटा
-
नाचगानमा रास्वपा महाधिवेशन प्रतिनिधि (भिडियाेसहित)
-
विश्वकपमा केप भर्डेको सनसनी, इतिहास रच्ने संघारमा
-
इजरायली प्रधानमन्त्रीका दाजु ५० वर्षअघि कुन मिसनमा मारिएका थिए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण