अर्थमन्त्रीको आश्वासनपछि फर्कियो सेयर बजार : ८३ अङ्कको वृद्धि, झण्डै ११ अर्बको कारोबार
काठमाडौँ । केही समयदेखि घट्दो क्रममा रहेको नेपालको शेयर बजारमा सोमबार उत्साह देखिएको छ ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले शेयर बजारबारे सकारात्मक अभिव्यक्ति दिएसँगै बजारमा सकारात्मक प्रभाव देखिएको हो । अर्थमन्त्री वाग्लेले आज स्टक ब्रोकर एशोसिएसन लगायतसँग बजारको बारेमा छलफल गरेका थिए ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक यो दिन ८३.३३ अङ्कले बढेर २७६०.०२ बिन्दुमा पुगेर बन्द भएको छ । बजार खुलेसँगै लगातार बढ्न थालेको नेप्सेले अन्तिमसम्ममा सो अङ्कमा पुगेको हो ।
परिसूचक बढे पनि कारोबार रकम भने आज घटेको छ । आज दिनभरिमा कुल १० अर्ब ९२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यसले बजारमा ठुला लगानीकर्ताहरू पनि सक्रिय भएको सङ्केत गरेको छ । आज कुल १ लाख २४ हजार पटकको कारोबारमा २ करोड ५१ लाख कित्ता शेयर किनबेच भएका छन् ।
आजको बजारमा कुल २६४ कम्पनीको शेयर मूल्य बढ्दा ५ वटा कम्पनीको मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्ने कम्पनीहरूमा उपकार लघुवित्त, भुजुङ हाइड्रोपावर, रिडी पावर, र नेशनल हाइड्रो रहेका छन् भने सुपर खुदी हाइड्रोपावरको मूल्य ९.९९ प्रतिशतले बढेको छ ।
कारोबार रकमका आधारमा आज रिलायन्स स्पिनिङ मिल्स शीर्ष स्थानमा रहेको छ । यस कम्पनीको मात्रै १ अर्ब १३ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । यस्तै हिमालयन रिइन्स्योरेन्स ५४ करोड ९२ लाख र एनआरएन इन्फ्रास्ट्रक्चर ४८ करोड १९ लाख रुपैयाँको कारोबार सहित अग्र स्थानमा रहेका छन् ।
आज कारोबार भएका कुल कम्पनीमध्ये जम्मा ३ वटा कम्पनीको मात्रै मूल्य घटेको छ भने १ कम्पनीको मूल्य स्थिर रहेको छ । रिलायन्स स्पिनिङ मिल्स, भगवती हाइड्रोपावर र नारायणी विकास बैंकको मूल्य आज घटेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम तराईमा अत्यधिक गर्मी, नेपालगन्जको तापक्रम ४१ डिग्रीसम्म पुग्ने पूर्वानुमान
-
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
विष्णु पौडेल पक्राउपछि एमालेले बोलायो संसदीय दल र सचिवालयका छुट्टाछुट्टै बैठक
-
सम्पत्ति छानबिनको मागमा अझै अडिग छु : जनार्दन शर्मा
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण