राष्ट्रिय आर्थिक गणना तथा अनुसन्धान सहकार्य गर्न परिसंघ र तथ्याङ्क कार्यालयबिच समझदारी
सारांश
- नेपाल उद्योग परिसंघ र राष्ट्रिय तथ्याङ्क कार्यालयबिच आर्थिक तथ्याङ्क सङ्कलन, विश्लेषण र अनुसन्धानका लागि समझदारी भएको छ।
- यो सहकार्यले देशको आर्थिक विकास, औद्योगिक विस्तार र नीति निर्माणका लागि गुणस्तरीय तथ्याङ्क प्रणालीको विकास गर्नेछ।
काठमाडौँ । नेपाल उद्योग परिसंघ (सीएनआई) र राष्ट्रिय तथ्याङ्क कार्यालयबिच राष्ट्रिय अर्थतन्त्रसँग सम्बन्धित विश्वसनीय तथ्याङ्क सङ्कलन, विश्लेषण, अनुसन्धान तथा नीति निर्माणमा सहयोग पुर्याउने उद्देश्यले एक समझदारी भएको छ ।
देशको आर्थिक विकास, औद्योगिक विस्तार तथा प्रभावकारी नीति निर्माणका लागि गुणस्तरीय र समयानुकूल तथ्याङ्क अत्यन्त आवश्यक हुन्छ । तथ्याङ्क प्रणाली विकासको लागि राष्ट्रिय रणनीति, निजी क्षेत्रसँग सम्बन्धित आर्थिक गतिविधिका तथ्याङ्क सङ्कलन, विश्लेषण तथा उपयोगलाई सुदृढ गरी तथ्यांकीय गुणस्तर अभिवृद्धि गर्न सरकारी निकाय र निजी क्षेत्र संघसंस्थासँग सहकार्य समन्वय गर्ने रणनीति अनुरूप यो समझदारी भएको हो ।
राष्ट्रिय तथ्याङ्क कार्यालयमा आज सोमबार आयोजित एक कार्यक्रममा कार्यालय प्रमुख डा. कमल प्रसाद पोख्रेल र परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेको उपस्थितिमा कार्यालयका निर्देशक डा. वेद प्रसाद ढकाल र परिसंघका महानिर्देशक डा. घनश्याम ओझाले हस्ताक्षर गरे ।
सो अवसरमा परिसंघका अध्यक्ष पाण्डेले यो सहकार्यले निजी क्षेत्रसँग सम्बन्धित आर्थिक तथ्याङ्क सङ्कलन, विश्लेषण तथा उपयोगलाई सुदृढ बनाउन सहयोग गर्ने बताए । तथ्याङ्क कार्यालय प्रमुख डा. पोख्रेलले सरकारी तथा निजी क्षेत्रबिच तथ्याङ्क प्रणाली विकासमा सहकार्य, राष्ट्रिय अर्थतन्त्रसँग सम्बन्धित तथ्याङ्कको गुणस्तर सुधार तथा प्रयोग विस्तारमा सहयोगी हुने बताए ।
समझदारी अनुसार परिसंघ र कार्यालयबिच राष्ट्रिय आर्थिक गणना, निजी क्षेत्र तथ्याङ्क प्रणाली विकास, अनुसन्धान तथा नीति अध्ययन, तथ्याङ्क आदान–प्रदान, क्षमता विकास, प्रचारप्रसार तथा जनचेतनामा सहकार्य हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
-
रास्वपाद्वारा वडामा ६३ र पालिकामा ६८ प्रतिशत अधिवेशन सम्पन्न (विवरणसहित)
-
स्ववियुको प्रतिनिधित्व हटाउने अध्यादेशविरुद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
-
आवेदन खुलाएको झन्डै एक वर्षपछि विशिष्ट संरचना सञ्चालन विकास समितिको कार्यकारी निर्देशकमा तीन जनाको नाम सिफारिस
-
रविलाई भारतले दिएको सम्मान जनमतको सम्मान हो : महामन्त्री बुर्लाकोटी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण