उमेर ६३ वर्षः २० वर्ष मुनिका पाँच प्रेमिका, सबैको शौख पूरा गर्न चोरी
उत्तरी दिल्लीमा एउटा निकै रोचक घटनाको पर्दाफास भएको छ । पुलिसले आइतबार दिउँसो ६३ वर्षका एक चोरलाई पक्राउ गर्यो । पक्राउ परेपछि उनले आफ्ना पाँच प्रेमिकाको शौख पूरा गर्न र आफूलाई फिट राख्नका लागि चोरी गर्न सुरु गरेको पुलिसलाई जानकारी दिए ।
बन्धु सिंह अहिलेसम्म अविवाहित छन् । पुलिसले उनीबाट चोरिएको एक बाइक, दुई ल्यापटप, मोबाइल र पाँच हजार भारु बरामद गरेको बताएको छ ।
सिसिटीभीमा कैद भएका थिए आरोपीः
जिल्ला पुलिसका अनुसार शनिबार राती सराय रोहिल्ला औद्योगिक क्षेत्रको एउटा फ्याक्ट्रीमा चोरी गरिरहेका बेला सिसिटीभीमा कैद भएका थिए । फ्याक्ट्रीका मालिकले उपलब्ध गराएको सिसिटिभी फुटेको आधारमा आरोपीको खोजी गरेका हुन् ।
सबै प्रेमिकाको आवश्यता पूरा गर्दथेः
सिंहका अनुसार उनले आफ्नो पुरा जीवन मोजमस्ती र प्रेमीमा खर्च गरे । यसअघि उनका दर्जनौं प्रेमिका भएको उनले बताए । उनका अनुसार धेरैजसो प्रेमिकाको उमेर २० देखि ४० वर्षका छन् । उनले आफ्ना धेरैजसो प्रेमिका २० वर्षभन्दा कम उमेरको भएको पनि बताए । उनका अनुसार उनले आफ्नो सबै प्रेमिकाको पूरा ध्यान राख्ने गरेको र उनीहरुको सबै आवश्यकतालाई पूरा गर्ने गरेको बताए । उनी आफूलाई फिट राख्नका लागि जिम पनि गर्दथे ।
फ्याक्ट्रीमै गर्थे चोरीः
सिंहले मार्चमा यूनिक स्ट्यापगिन कम्पनीबाट ६ टनको कोइला चोरेका थिए जसको मूल्य चार लाख भारु भन्दा बढि थियो । मे महिनामा उनले एक पसलबाट ल्यापटप र पाँच हजार भारु चोरेका थिए । यस्तै जूनमा एक फ्याक्ट्रीबाट ७० हजार र ल्यापटप चोरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभाबाट पारित भयो विनियोजन विधेयक
-
दुर्गा प्रसाईंसहितको आपराधिक उपद्रव मुद्दा पेस गर्न आदेश
-
रोनाल्डोको जादु चलेन, क्रोएसियामाथि इङ्ल्यान्ड हाबी, मेक्सिको र कोरिया नि ?
-
रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न मन्त्रालयद्वारा हटलाइन नम्बर सञ्चालन
-
रामकृष्णको सांगीतिक प्रस्तुतिसँगै अमेरिकामा ‘मालती मंगले’को प्रदर्शन
-
संसद्मा मन्त्री लम्साल : ३ वर्षमा साढे ११ खर्बको ठेक्कादेखि सांसदले मागेको बजेटसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण