वैदेशिक ऋणबारे शङ्कर– हिजो विरोध किन ? आज स्वीकार किन ?
मङ्गलबार, २४ चैत २०८२, ०९ : १९
२
सारांश
- नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले वैदेशिक ऋणका विषयमा सरकारसँग स्पष्ट धारणा माग गरेका छन्।
- उनले हिजो वैदेशिक ऋणको विरोध गर्नेहरू अहिले ठुलो मात्रामा ऋण लिइरहेको भन्दै सरकारको आलोचना गरेका छन्।
काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले वैदेशिक ऋणबारे सरकारको प्रस्ट धारणा माग गरेका छन् ।
सामाजिक सञ्जालमा उनले लेखेका छन्– 'दिगो पूर्वाधार विकासका लागि लिइने ऋण नेपालका लागि बाध्यता मात्र होइन, आवश्यकता पनि हो। तर हिजो विदेशी ऋणले देश डुबायो भनेर पूर्ववर्ती सरकारको आलोचना गर्नेहरू नै आज सरकारको नीति तथा कार्यक्रम र प्राथमिकता संसद्मा स्पष्ट रूपमा प्रस्तुत नगरी ठुलो मात्रामा ऋण लिइरहेका छन् भन्ने विषय सार्वजनिक हुँदा स्वाभाविक रूपमा प्रश्न उठ्छ।'
उनले थप लेखेका छन्– 'हिजो विरोध किन ? आज स्वीकार किन ? सरकारले यसबारे जनतालाई स्पष्ट र पारदर्शी जवाफ दिनु आवश्यक छ ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
नेपालमा बालयौन दुराचारको अभियोगमा सजाय काटेका कुम्ब्स अमेरिकमा पनि दोषी ठहर
-
नेपालमा जलवायु-स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री चौधरी
-
जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट एक करोड १४ लाख राजस्व सङ्कलन
-
तस्करीको नयाँ शैली : सिरक र ज्याकेटभित्र सिलिकनमा मिसाएर ल्याइएको साढे ४ किलो कोकेन बरामद
-
जलवायु स्मार्ट कृषि विस्तारको लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री चौधरी
-
अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य ३ प्रतिशतले बढ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण