आक्रमणमा कर्मचारीको मृत्यु भएपछि डब्ल्यूएचओद्वारा गाजाबाट चिकित्सा निकासी स्थगित
गाजा । आक्रमणको क्रममा संयुक्त राष्ट्र सङ्घीय एजेन्सीका लागि अनुबन्धित एक जना कर्मचारीको मृत्यु भए पछि विश्व स्वास्थ्य सङ्गठनले गाजाबाट चिकित्सा निकासी स्थगित गरेको विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस एड्हानोम गेब्रेयससले बताएका छन् ।
गेब्रेयससले विज्ञप्ति जारी गर्दै डब्लुएचओको कर्मचारीको मृत्यु पुष्टि गर्दा आफु निकै “स्तब्ध“ भएको बताए। घटना पछि अर्को सूचना नआउन्जेल सम्मका लागि डब्लुएचओले गाजाबाट राफाह हुँदै इजिप्टमा चिकित्सा निकासी स्थगित गरेको उनले पुष्टि गरे ।
घटनाको सम्बन्धित अधिकारीहरूद्वारा अनुसन्धान भइरहेको उल्लेख गर्दै उहाँल जोखिमको बाबजुद गाजाका मानिसहरुको स्वास्थ्य सेवा सुनिश्चित गर्न सक्रिय अधिकारीहरुको प्रसंसासोत गरे ।
अल जजिराले गाजाको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै सन् २०२३ अक्टोबर देखि गाजामा एक हजार ७०० भन्दा बढी स्वास्थ्यकर्मीको मृत्यु भएको जनाएको छ ।
यस अघि, अल जजिराले मध्य गाजामा विस्थापित प्यालेस्टिनीहरूको विद्यालय तथा आवास नजिकै भएको इजरायली हवाई आक्रमणमा कम्तिमा १० जनाको मृत्यु भएको र अन्य धेरै घाइते भएको रिपोर्ट गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण