परराष्ट्रमन्त्री खनाल र चिनियाँ राजदूत माओमिङबिच भेटवार्ता
मङ्गलबार, २४ चैत २०८२, १२ : ४३
सारांश
- परराष्ट्रमन्त्री शिशिर खनाल र चिनियाँ राजदूत झाङ माओमिङबिच मंगलबार शिष्टाचार भेटवार्ता भएको छ।
- भेटका क्रममा दुई देशबिचको सम्बन्ध सुदृढ बनाउने र आपसी हितका विषयमा विस्तृत छलफल भएको छ।
- राजदूत माओमिङले नेपालको विकास प्रयासमा चीनको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि चीनका राजदूत झाङ माओमिङबिच मंगलबार शिष्टाचार भेटवार्ता भएको छ। परराष्ट्र मन्त्रालयमा भएको उक्त भेटमा राजदूत माओमिङले चिनियाँ विदेशमन्त्री वाङ यीको तर्फबाट मन्त्री खनाललाई कार्यभार सम्हालेकोमा बधाई तथा शुभकामना सन्देश हस्तान्तरण गरेका छन्।

भेटका क्रममा नेपाल र चीनबिचको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ बनाउने र आपसी हितका क्षेत्रमा सहकार्य बढाउने विषयमा विस्तृत छलफल भएको छ। राजदूत माओमिङले नेपालको विकास प्रयासमा चीनको निरन्तर सहयोग रहने प्रतिबद्धता दोहोर्याएका छन्।
सोमबार भारतीय राजदूत नवीन श्रीवास्तवले परराष्ट्रमन्त्री खनालसँग भेटवार्ता गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण