इरान युद्ध सुरु भएयता १३ हजारभन्दा बढी लक्ष्यमा आक्रमण
मङ्गलबार, २४ चैत २०८२, १३ : १२
सारांश
- इरानविरुद्धको सैन्य अभियान सुरु भएयता अमेरिकी सेनाले १३ हजारभन्दा बढी लक्ष्यमा आक्रमण गरेको छ।
- अपरेशन एपिक फ्युरी अन्तर्गत आईआरजीसीका मुख्यालय, मिसाइल साइट र नौसेनाका जहाजहरूलाई निशाना बनाइएको छ।
- अमेरिकी आक्रमणमा परी इरानमा ३ हजार ५०० भन्दा बढी मानिसको ज्यान गएको छ।
वासिंगटन डीसी । इरानविरुद्धको सैन्य अभियान सुरु भएयता १३ हजारभन्दा बढी लक्ष्यमा आक्रमण गरेको अमेरिकी सेनाले जनाएको छ ।
फेब्रुअरी २८ देखि सुरु भएको अपरेशन एपिक फ्युरी अन्तर्गत उक्त कारबाही गरिएको जानकारी अमेरिकी मध्य कमाण्ड (सेन्टकम)ले दिएको हो । यसका अनुसार, आक्रमणमा इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी)का मुख्यालय, वायु प्रतिरक्षा प्रणाली, ब्यालिस्टिक मिसाइल साइटहरू, साथै इरानी नौसेनाका जहाज र पनडुब्बीहरूलाई निशाना बनाइएको छ ।
अमेरिकी सेनाले हालसम्म १५५ भन्दा बढी इरानी जलयानहरू क्षतिग्रस्त वा नष्ट गरिएको पनि दाबी गरेको छ ।
यसैबीच, मानव अधिकारकर्मी समाचार एजेन्सीका अनुसार अमेरिका–इजरायल आक्रमण सुरु भएदेखि इरानमा ३ हजार ५०० भन्दा बढी मानिसको ज्यान गएको छ, जसमा कम्तीमा १ हजा। ६६५ जना सर्वसाधारण नागरिक रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
-
सुरक्षा परीक्षणमै नियन्त्रणबाहिर गयो ओपनएआईको एआई
-
आँखाको बदलामा आँखा लिने तेहरानको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण