राष्ट्रिय सरोकार समितिको सभापतिमा जयन्तीदेवी राई
सारांश
- राष्ट्रिय सभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको सभापतिमा जयन्तीदेवी राई निर्वाचित भएका छन्।
- मंगलबार बसेको समितिको बैठकले उनलाई निर्विरोध सभापतिमा चयन गरेको हो।
काठमाडौँ । राष्ट्रिय सभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको सभापतिमा जयन्तीदेवी राई निर्वाचित भएकी छन् । मंगलबार बसेको समितिको बैठकले नेपाली कम्युनिस्ट पार्टीकी राईलाई सभापतिमा चयन गरेको हो ।
बैठक समितिका ज्येष्ठ सदस्य नारायणदत्त मिश्रको सभापतित्वमा बसेको थियो । ज्येष्ठ सदस्य सभापति मिश्रले बैठकमा राईलाई समितिको सभापति चयन गर्नको लागि एक मात्रै प्रस्ताव पेस भएकोले निर्विरोध निर्वाचित भएको घोषणा गरे ।
उनले भने, ‘सभापतिमा निर्वाचित गरियोस् भन्ने एक मात्रै प्रस्ताव प्राप्त भएकोले राष्ट्रिय सभा नियमावली २०७५ को नियम १ सय ५० को उपनियम ४ बमोजिम माननीय सदस्य जयन्तीदेवी राई यस सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको सभापति पदमा निर्विरोध निर्वाचित हुनुभएको घोषणा गर्दछु ।’
बैठकमा समितिमा चयन भएर आएका नयाँ सांसदहरूलाई स्वागत समेत गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई अनिवार्य सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन ध्यानाकर्षण
-
स्वास्थ्य बिमा बोर्डले ३६४ स्वास्थ्य संस्थालाई पठायो २ अर्ब रुपैयाँ
-
विष्णु पक्राउपछि महेश बस्नेतको टिप्पणी, ‘कुखुरा मर्यो भन्दा पनि स्याल पल्कियो’
-
लालीगुराँस र आइडियल यमुना सहकारीका थप ८२ जनाको बचत फिर्ता
-
एसईई पुनर्योगको नतिजा सार्वजनिक
-
आरजुमाथि किन भएन अभियोग दायर ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण