वसन्तपुरमा वृद्धमाथि हातपात : भिडियो भाइरल भएपछि युवक पक्राउ
सारांश
- काठमाडौँको वसन्तपुरमा वृद्धमाथि हातपात गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ।
- सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि प्रहरीले ती युवकलाई नियन्त्रणमा लिएको हो।
- पक्राउ परेका युवकमाथि प्रहरीले अहिले आवश्यक सोधपुछ तथा थप अनुसन्धान गरिरहेको छ।
काठमाडौँ । काठमाडौँको वसन्तपुर क्षेत्रमा एक वृद्ध व्यक्तिमाथि हातपात गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ। सामाजिक सञ्जालमा घटनासम्बन्धी भिडियो भाइरल भई सर्वत्र चासो र विरोध भएपछि जिल्ला प्रहरी परिसर काठमाडौँले ती युवकलाई नियन्त्रणमा लिएको हो।
भाइरल भएको उक्त भिडियोमा ती युवकले वृद्धलाई गालीगलौज गर्दै भौतिक रूपमै कुटपिट गरेको देखिन्छ। घटनास्थलमा उपस्थित काठमाडौँ महानगरपालिकाका नगर प्रहरीले उनीहरूलाई छुट्याउने र विवाद साम्य पार्ने प्रयास गरेका थिए। तर, नगर प्रहरीकै अगाडि पनि ती युवक निकै आक्रामक रूपमा प्रस्तुत भएको भिडियोमा प्रस्ट देख्न सकिन्छ।
घटना कुन विषयलाई लिएर भएको हो भन्ने खुल्न सकेको छैन। विवादका क्रममा ती आक्रामक युवकले कुनै परिचयपत्र निकालेर देखाएको भिडियोमा देखिए पनि त्यो परिचयपत्र केको थियो भन्नेबारे प्रहरीले केही खुलाएको छैन।
पक्राउ परेका युवकमाथि अहिले आवश्यक सोधपुछ तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनमा चुनावी रौनक: आफ्नो प्रतिनिधिको लागि भोट माग्दै समर्थक (तस्बिरहरु)
-
समाजवादी कम्युनिस्ट पार्टी नेपालको महासचिवमा अशोक सुवेदी चयन
-
रोनाल्डो बने लगातार ६ विश्वकपमा गोल गर्ने पहिलो खेलाडी, पोर्चुगलद्वारा उज्बेकिस्तान स्तब्ध
-
शङ्खरापुरमा एक अर्ब ५१ करोडको बजेट पारित
-
चीनको सुपर कम्प्युटरले अमेरिकालाई पछि पार्दै बन्यो विश्वकै शक्तिशाली
-
कांग्रेसमा विवाद समाधानका लागि हुनै छोड्यो प्रयास, होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण