लेबनानमा मर्नेको सङ्ख्या १५०० नाघ्यो
बुधबार, २५ चैत २०८२, ११ : ०२
सारांश
- लेबनानमा इजरायल र हेजबुल्लाहबिच जारी द्वन्द्वका कारण मृत्यु हुनेको सङ्ख्या १ हजार ५३० पुगेको छ ।
- मन्त्रालयको तथ्याङ्कअनुसार मृतकहरूमा १०२ जना महिला र १३० जना बालबालिका रहेका छन् भने ४ हजार ८१२ जना घाइते भएका छन् ।
- इजरायलले लेबनानमा युद्धविराम लागू नहुने स्पष्ट पारेको छ भने अन्य देशहरूले यसलाई समावेश गर्नुपर्ने धारणा राखेका छन् ।
बेरुत । लेबनानमा इजरायल र इरान समर्थित सशस्त्र समूह हेजबुल्लाहबिच एक महिनाभन्दा बढी समयदेखि जारी द्वन्द्वका क्रममा मृत्यु हुनेको सङ्ख्या १ हजार ५३० पुगेको छ । यो तथ्याङ्क देशको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै एएफपीले मंगलबार सार्वजनिक गरेको हो ।
प्राप्त विवरणअनुसार ज्यान गुमाउनेमध्ये १०२ जना महिला र १३० जना बालबालिका रहेका छन् । यसैगरी, द्वन्द्वमा ४ हजार ८१२ जना घाइते भएका छन् ।
यसैबिच हालै घोषणा गरिएको युद्धविरामबारे इजरायलले ‘दुई हप्ते युद्धविराम लेबनानमा लागू हुँदैन’ भन्ने स्पष्ट पारेको बताएको छ । तर पाकिस्तान र इरानले भने उक्त युद्धविराममा लेबनानलाई पनि समेट्ने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण