भारतीय सवारीबाट प्रवेश पासमा भएको दुरुपयोग रोक्न माग
बुधबार, २५ चैत २०८२, १४ : ०९
सारांश
- सांसद निशा डाँगीले भारतीय नम्बर प्लेटका सवारी साधनले नेपाल प्रवेश पाउने व्यवस्थाको दुरुपयोग भएको बताएकी छन्।
- उनले एक दिनको पास लिएर नेपाल आएका सवारी साधनहरू उतै नफर्किई नेपालभित्रै सञ्चालन भइरहेको भन्दै चिन्ता व्यक्त गरिन्।
- सांसद डाँगीले सीमा नाकामा कडा अनुगमन गरी पासको दुरुपयोग रोक्न र यातायात व्यवसायीलाई परेको समस्या समाधान गर्न सरकारसँग माग गरिन्।
काठमाडौँ । सांसद निशा डाँगीले भारतीय नम्बर प्लेटका सवारी साधन नेपाल प्रवेश पाउने व्यवस्थाको दुरुपयोग भएको बताएकी छन् । बुधवार भएको प्रतिनिधिसभा बैठकमा उनले भारतीय सवारीले प्रवेश पासमा भएको दुरुपयोग रोक्न माग गरेकी हुन् ।
‘नियम अनुसार एक दिनको पास लिएर आएका सवारी फिर्ता जानुपर्ने हो । तर व्यवहारमा नेपालमै निजी तथा सार्वजनिक सवारीका रूपमा सञ्चालन भइरहेका छन् । जसको प्रत्यक्ष प्रभाव ठुलो भन्सार शुल्क तिरेर भित्र्याइएका सवारीमा परेको छ,’ डाँगीले भनिन्,‘ मेरो निर्वाचन क्षेत्र मेचीनगरको मात्र समस्या होइन यो । प्रत्येक सीमा क्षेत्रमा भारतीय नम्बर प्लेटका कारण यातायात व्यवसायी र सवारी चालक प्रभावित छन् ।’
उनले भारतीय सवारीका कारण दुर्घटना भए क्षतिपूर्ति पाउनसमेत समस्या रहेकाले सीमा नाकामा अनुगमन गर्न र डे पासको दुरुपयोग रोक्न समेत माग गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लामो समय लाइन बस्दा पनि उम्मेदवारी फारम नपाएपछि प्रतिनिधिहरू आक्रोशित
-
नेपाल शिक्षण संस्था सर्वेक्षण, २०८१ को नतिजा सार्वजनिक
-
पहिलोपल्ट अधिकांश पालिकामा छन् हाकिम, १८ मात्र निमित्तको भरमा
-
भरतपुरको लर्ड्स बिजनेस कम्प्लेक्स होटललाई ३ लाख रुपैयाँ जरिबाना
-
विष्णु पौडेललाई प्रहरी प्रभाग सानेपाको हिरासतमा राखिने
-
रवि लामिछानेले दर्ता गराए उम्मेदवारी, प्रधानमन्त्री प्रस्तावक (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण