शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

युवालाई रजनीकान्तको सन्देश : कुलतमा नलाग्नुस्, जीवन नर्क बन्छ

बिहीबार, २६ चैत २०८२, १० : ३८
बिहीबार, २६ चैत २०८२

सारांश

  • सुपरस्टार रजनीकान्तले युवा पुस्तालाई कुलत र नशाबाट टाढा रही आफ्नो भविष्यप्रति गम्भीर हुन आग्रह गरेका छन्।
  • उनले नराम्रो बानीले आफ्नो मात्र नभई परिवारको समेत क्षति हुने भन्दै सचेत रहन सुझाव दिएका छन्।
  • रजनीकान्तको बहुप्रतिक्षित फिल्म 'जेलर २' को छायाङ्कन पूरा भई आगामी जुन १२ मा रिलिज हुने भएको छ।

मुम्बई । सुपरस्टार रजनीकान्त ७५ वर्षको उमेरमा पनि अभिनय र सामाजिक कार्यमा उत्तिकै सक्रिय छन् । हालै चेन्नई एयरपोर्टमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले युवा पुस्ताका लागि आफ्नो पढाइ र भविष्यप्रति गम्भीर हुन आग्रह गर्दै नशा वा रक्सी जस्ता नराम्रा बानीबाट टाढा रहन सुझाएका छन् ।

‘युवाहरूले आफ्नो जीवनका बारेमा गम्भीर भएर सोच्नुपर्छ । यदि तपाईं गलत बाटोमा लाग्नुभयो भने तपाईंको जीवन नर्क बन्न सक्छ’, उनले अगाडि भनेका छन्– ‘स्वस्थ रहनुहोस् । नशा वा रक्सीको लतमा नपर्नुहोस् । उनले यदि तपाईंलाई केही चोट लाग्यो वा क्षति भयो भने त्यो तपाईंको मात्र होइन, तपाईंको आमाबुबा र पूरै परिवारको क्षति हो ।’

उनले नशा गर्ने साथीबाट समेत टाढा रहन सल्लाह दिएका छन् ।  रजनीकान्तको बहुप्रतिक्षित फिल्म ‘जेलर २’ को छायाङ्कन पूरा भएको छ ।

हाल पोस्ट–प्रोडक्सनको काम चलिरहेको फिल्म २०२३ को ब्लकबस्टर फिल्म ‘जेलर’ को सिक्वेल हो । नेल्सन दिलीप कुमार निर्देशित ‘जेलर२’ आगामी जुन १२ मा रिलिज हुनेछ । फिल्ममा मिथुन चक्रवर्तीको विशेष भूमिका रहने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप