समाचार
पत्नीको जिम्मामा प्रहरीको गणबाट रिहा भए रमेश लेखक
बिहीबार, २६ चैत २०८२, ११ : २७
सारांश
- पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेको १३ औँ दिनमा प्रहरीको गणबाट रिहा भएका छन् ।
- उनलाई अनुसन्धानको क्रममा आवश्यकता अनुसार हाजिर हुने गरी पत्नी यशोदा लेखकको जिम्मामा छाडिएको छ ।
- गौरीबहादुर कार्की आयोगको सिफारिस कार्यान्वयन गर्ने निर्णयसँगै लेखकलाई चैत १४ गते पक्राउ गरिएको थियो ।
काठमाडौँ । पक्राउ परेको १३ औँ दिनमा पूर्व गृहमन्त्री रमेश लेखक नेपाल प्रहरीको नम्बर–२ सशस्त्र प्रहरी गणबाट रिहा भएका छन् । पत्नी यशोदा लेखकको जिम्मा लगाएर रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए ।
लेखकलाई अनुसन्धानको क्रममा खोजेको बखत हाजिर हुने गरी हिरासत मुक्त गरिएको भट्टराईले बताए । चैत १४ देखि गणमा राखिएका लेखक त्यहाँबाट निस्केका छन् ।
मन्त्रिपरिषद्ले भदौ २३ र २४ को घटनाबारे गौरीबहादुर कार्की आयोगले गरेको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेसँगै लेखक भक्तपुरबाट पक्राउ परेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरजुमाथि किन भएन अभियोग दायर ?
-
लखनउको कोचिङ सेन्टरमा भीषण आगलागी, १४ बालबालिकाको मृत्यु
-
बेलायतमा राजनीतिक अस्थिरताः १० वर्षमा सातौँ प्रधानमन्त्री
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण