कालिमाटीमा कृषि मन्त्रीको निरीक्षण
सारांश
- कृषि तथा पशुपन्छी विकास मन्त्री गीता चौधरीले कालीमाटी फलफूल तथा तरकारी बजारको स्थलगत निरीक्षण गरेकी छन्।
- निरीक्षणका क्रममा इजाजत पत्रमा अनियमितता, विषादी परीक्षणको अभाव र बिलविजक प्रणालीमा कमजोरी फेला परेको छ।
- मन्त्री चौधरीले बजार व्यवस्थापनमा देखिएका सबै समस्याहरूलाई तत्काल सुधार गर्न सम्बन्धित निकायलाई निर्देशन दिएकी छन्।
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री गीता चौधरीले कालीमाटीस्थित फलफूल तथा तरकारी बजारको स्थलगत निरीक्षण गरेकी छन् । बजार व्यवस्थापनमा कमजोरी भएकोबारे गुनासो आएपछि मन्त्री चौधरीले आज कालीमाटी पुगेर तरकारी बजारको अनुगमन गरेकी हुन् ।
बजार अनुगमनका क्रममा इजाजत पत्र लिएका व्यवसायीको नाममा अन्य व्यक्तिले भाडामा लिएर पसल सञ्चालन गरेको पाइएको मन्त्री चौधरीको सचिवालयले जनाएको छ ।
साथै, विषादी परीक्षण नभई तरकारी उपभोक्तासम्म पुग्ने गरेको, बिलविजकमा अनियमितता, इजाजत पत्र नवीकरण नगरेका पसल सञ्चालनमा रहेको जस्ता समस्या भेटिएका छन् ।
मन्त्री चौधरीले कालीमाटी बजारअन्तर्गत थोक बजारका ६१०, ६४५, ६९३, ७०१, ७०४, ७११, ७१८ नम्बर लगायतका पसलमा निरीक्षण गर्दा इजाजत लिएका व्यवसायी स्वयं उपस्थित नभएको पाइएको छ । कतिपय स्थानमा एकै दर्तामा दुई देखि तीन जनाले व्यवसाय सञ्चालन गरेको भेटिएको छ ।
मन्त्री चौधरीले २४, १३ ‘ख’, ११ ‘क’, १०, ११, १० ‘ख’ नम्बरका माछा पसलको निरीक्षण समेत गरेकी छन् । निरीक्षणका क्रममा चार व्यापारीले आपूर्तिकर्ताबाट ल्याइएको माछा सोही बजारमा थोक रूपमा बिक्री गर्ने क्रममा बिलविजकमा अनियमितता प्रयोग गरेको पाइएको छ ।
मन्त्री चौधरीले बजार व्यवस्थापनमा देखिएका अनियमितता तुरुन्त सुधार गर्न सम्बन्धित निकायलाई निर्देशन दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरमनप्रितको ऐतिहासिक २००औँ खेल
-
पदबाट राजीनामा दिने क्रममा परिवारको प्रसङ्ग निकाल्दै भावुक बने कीर स्टार्मर
-
पुष्पा २ प्रिमियर भागदौड प्रकरण : अभिनेता अल्लू अर्जुन अदालतमा भर्चुअली उपस्थित हुँदै
-
कोटेश्वरबाट १० जना बिचौलिया पक्राउ
-
११ महिनामा पौने २६ करोड रुपैयाँ बराबरको ४ करोड पीस कण्डम आयात
-
बेलायती प्रधानमन्त्री कीर स्टार्मरद्वारा राजीनामाको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण