लागुपदार्थ सेवन गरी गाडी चलाउने ६ चालक पक्राउ
बिहीबार, २६ चैत २०८२, २० : ४०
सारांश
- काठमाडौँको नागढुङ्गामा गरिएको विशेष चेकिङका क्रममा लागुपदार्थ सेवन गरी सवारी चलाउने ६ जना चालक पक्राउ परेका छन्।
- पक्राउ पर्नेमा ४ जना ट्रक, १ जना बस र १ जना माइक्रोबसका चालक रहेका छन्।
काठमाडौँ । काठमाडौँको मुख्य नाका नागढुङ्गामा गरिएको विशेष चेकिङका क्रममा लागुपदार्थ सेवन (लापसे) गरेर सवारी साधन चलाउने ६ जना चालक प्रहरीको फन्दामा परेका छन्।
चन्द्रागिरी नगरपालिका वडा नम्बर २ स्थित नागढुङ्गा चेक पोष्ट अगाडि आज गरिएको परीक्षणमा ट्रक, बस र माइक्रोबसका चालकहरू पक्राउ परेका हुन्।
पक्राउ पर्नेहरूमा ४ जना ट्रक चालक, १ जना सार्वजनिक यात्रुवाहक बसका चालक र १ जना माइक्रोबसका चालक रहेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण व्युरो र ट्राफिक प्रहरी प्रभाग नागढुङ्गाको संयुक्त टोलीले नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा यो अपरेशन चलाएको थियो।
नसाको तालमा स्टेरिङ समातेर यात्रु र सर्वसाधारणको ज्यान जोखिममा पार्ने ती चालकहरूलाई थप अनुसन्धान र कडा कारबाहीका लागि प्रहरी प्रभाग नागढुङ्गा पठाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण