एकै दिन ५१ वटा फर्ममा विभागको अनुगमन
शुक्रबार, २७ चैत २०८२, ०० : १७
सारांश
- वाणिज्य विभागले एकै दिन ५१ वटा फर्मको अनुगमन गर्यो।
- विभागले बिलबिजक, कालोबजारी र मूल्यलगायत विषयमा अनुगमन गर्यो।
- अनुगमनका क्रममा अधिकांश फर्मलाई सुधारात्मक निर्देशन दिइयो।
काठमाडौँ । नियमित रूपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकै दिन ५१ वटा फर्ममा अनुगमन गरेको छ ।
पछिल्ला दिनमा विभागले ठुलो मात्रामा व्यावसायिक फर्म, उद्योग तथा प्रतिष्ठानमा अनुगमन गर्दै आएको छ । बिलबिजक जारी गरे नगरेको, अखाद्य वस्तु बिक्री वितरण गरे/नगरेको, कालोबजारी नियन्त्रण तथा अधिकतम खुद्रा मूल्य राखे नराखेकोलगायत विषयमा विभागले अनुगमनका क्रममा हेर्ने गरेको छ । एकै दिन ५१ वटा फर्ममा अनुगमन गरेर विभागले कानुन कार्यान्वयनलाई गति दिएको दाबी गरेको छ ।
आज स्थलगत अनुगमन गरिएका अधिकांश फर्मलाई विभागले सुधारात्मक निर्देशन दिएको छ । स्थानीय जनप्रतिनिधि, उपभोक्ता अधिकारकर्मी तथा सरोकारवालाको उपस्थितिमा विभागले अनुगमन गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ जिल्लाका साना नदीमा बाढीको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
-
सोमबार कुन सहरमा कति छ वर्षाको सम्भावना ?
-
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ
-
लालबकैया बाँधको उच्चस्तरीय अनुगमन, बाढी जोखिम न्यूनीकरणमा सतर्कता अपनाइने
-
बीपी स्मृति दिवसमा कांग्रेसले आयोजना गर्ने ‘ग्रिन रन’ मा सहभागी हुन सभापति थापाको आह्वान
-
बाढीले क्षतिग्रस्त विद्युतीय गाडी टिमुरे भन्सारमै बेवारिसे (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण