कपिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते
शुक्रबार, २७ चैत २०८२, ०८ : १९
सारांश
- कपिलवस्तुको बनकसवासामा गएराति बस दुर्घटना हुँदा २६ जना यात्रु घाइते भएका छन् ।
- दुर्घटनामा घाइते भएकाहरुको चन्द्रौटा, आधारभूत अस्पताल र बुटवलमा उपचार भइरहेको छ ।
- प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको छ ।
कपिलवस्तु । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा गएराति बस दुर्घटना हुँदा २६ यात्रु घाइते भएका छन् ।
नेपालगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको भे१ख ४३७३ नम्बरको बस राति अनियन्त्रित भई पल्टिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रिपेन्द्र सिंहले जानकारी दिए। दुर्घटना लगत्तै यात्रुको उद्धार गरिएको उनले बताए । घाइतेमध्ये १७ जनाको चन्द्रौटास्थित सञ्जीवनी अस्पतालमा तथा तीन जनाको आधारभूत अस्पतालमा उपचार भइरहेको छ ।
वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक सन्तोष घिमिरेका अनुसार अन्य ६ जनाको बुटवलमा उपचार भइरहेको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको उनले बताए
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
-
बसपार्कको गेस्ट हाउसमा २५ वर्षीया युवतीको शव फेला, हत्या आशङ्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण