कैलालीमा २८ वर्षीया महिलामाथि बलात्कार, २३ वर्षीय युवक पक्राउ
शुक्रबार, २७ चैत २०८२, ११ : ४०
सारांश
- कैलालीमा २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा २३ वर्षीय सनि चौधरी पक्राउ परेका छन्।
- पीडित महिलाको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले आरोपितलाई नियन्त्रणमा लिएको हो।
- पक्राउ परेका चौधरीमाथि थप कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ।
कैलाली । कैलालीमा एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ। २८ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा कैलारी गाउँपालिका–३ हसुलिया बस्ने २३ वर्षीय सनि चौधरी पक्राउ परेका हुन्।
बिहीबार राति चौधरीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी परेपछि प्रहरीले तत्कालै एक्सन लिएको थियो। उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको विशेष प्रहरी टोलीले चौधरीलाई उनकै गाउँबाट नियन्त्रणमा लिएको हो।
पक्राउ परेका चौधरीमाथि थप कानुनी कारबाहीका लागि प्रक्रिया अगाडि बढाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन : आज निर्वाचन प्रक्रिया अघि नबढ्ने
-
२० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर नै चोरी !
-
व्यापार घाटा १५.६७ प्रतिशतले बढ्यो, १५७ मध्ये १२३ देशसँग घाटा
-
नाचगानमा रास्वपा महाधिवेशन प्रतिनिधि (भिडियाेसहित)
-
विश्वकपमा केप भर्डेको सनसनी, इतिहास रच्ने संघारमा
-
इजरायली प्रधानमन्त्रीका दाजु ५० वर्षअघि कुन मिसनमा मारिएका थिए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण