खेम र सपनाको ‘कति राम्री’मा पल र सदृनाको रोमान्स
शुक्रबार, २७ चैत २०८२, १२ : ०६
सारांश
- गायक खेम सेञ्चुरी र गायिका सपना रोकाको स्वरमा रहेको गीत 'कति राम्री' सार्वजनिक भएको छ ।
- रमेश परियारको शब्द र नवीन परियारको संगीत रहेको यस गीतको भिडियोमा पल शाह र सदृना ठकुरीले अभिनय गरेका छन् ।
- मौसम हिमालीको निर्देशनमा तयार भएको यस म्युजिक भिडियोमा एक युवतीलाई पछ्याउने युवाको कथा प्रस्तुत गरिएको छ ।
काठमाडौँ । चर्चित लोक दोहोरी गायक खेम सेञ्चुरी र गायिका सपना रोकाको स्वर रहेको गीत ‘कति राम्री’ सार्वजनिक भएको छ । रमेश परियारको शब्द र नवीन परियारको संगीत रहेको गीत डान्सिङ र रोमान्टिक शैलीमा तयार भएको छ ।
म्युजिक भिडियोमा पल शाह र मोडल सदृना ठकुरीको अभिनय देख्न सकिन्छ । गीतमा एउटी राम्री युवती र उनलाई पछ्याउने युवाको कथालाई साङ्गीतिक रूपमा प्रस्तुत गरिएको छ । भिडियोमा पल शाह र सदृना ठकुरीको जोडीलाई निकै आकर्षक ढंगले देखाइएको छ ।
मौसम हिमालीको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा छायांकन बुद्ध थापा, सम्पादन मनोज कार्कीको रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण