स्वास्थ्य क्षेत्र सुधार्न अनुसन्धानलाई प्राथमिकतामा राख्नुपर्छ : उपराष्ट्रपति
सारांश
- उपराष्ट्रपति रामसहायप्रसाद यादवले स्वास्थ्य क्षेत्रलाई सुदृढ बनाउन अनुसन्धानलाई थप प्राथमिकता दिनुपर्ने बताएका छन्।
- उनले स्वास्थ्य अनुसन्धानलाई शैक्षिक अभ्यास मात्र नभई राष्ट्रिय दायित्वका रूपमा लिनुपर्नेमा जोड दिएका छन्।
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको स्वास्थ्य क्षेत्रलाई सुदृढ बनाउन अनुसन्धानलाई थप प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकहरूको १२औँ राष्ट्रिय सम्मेलनको शुक्रबार ललितपुरमा उद्घाटन गर्दै उपराष्ट्रपति यादवले महामारी नियन्त्रण, रोग व्यवस्थापन र स्वास्थ्य प्रवर्द्धनमा रणनीतिक कदम चाल्दै स्वास्थ्य क्षेत्रलाई सुदृढ बनाउन अनुसन्धानलाई थप प्राथमिकतामा राख्नुपर्ने बताएका हुन् ।
संवैधानिक व्यवस्थाले स्वास्थ्य अनुसन्धानलाई नीति निर्माणको आधार बनाउनुपर्ने स्पष्ट मार्गदर्शन गरेको भन्दै उनले वैज्ञानिक अनुसन्धानबाट प्राप्त तथ्य तथ्यांकहरूलाई स्वास्थ्य नीति, कार्यक्रम र कार्यान्वयनमा रूपान्तरण गर्नु संविधानले निर्देश गरेको मूल मर्म भएको धारणा राखे ।
स्वास्थ्य अनुसन्धानलाई शैक्षिक अभ्यास मात्र नभई राष्ट्रिय दायित्वका रूपमा लिन सक्नुपर्ने उनको भनाइ छ । उपराष्ट्रपति यादवले सम्मेलनमार्फत अनुसन्धानकर्तामा उत्साह र सहकार्यको वातावरण पनि निर्माण गर्दै नेपालको स्वास्थ्य क्षेत्रलाई अझ सुदृढ बनाउन अनुसन्धान आवश्यक योजना बनाउने विश्वास व्यक्त गरे ।
सबैको सामूहिक प्रतिबद्धता र उत्तरदायित्वले मात्र नेपाललाई वर्तमान र भविष्यका स्वास्थ्य चुनौतीहरूलाई सामना गर्न सक्षम बनाउने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण