संसदीय दल बैठक
उपसभामुखमा रुबीलाई मत दिने रास्वपाको निर्णय
शुक्रबार, २७ चैत २०८२, १३ : ५३
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको उपसभामुख निर्वाचनमा रूबीकुमारी ठाकुरलाई मतदान गर्ने निर्णय गरेको छ।
- संसदीय दलको बैठकले श्रम संस्कृति पार्टीकी उम्मेदवार ठाकुरलाई समर्थन गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको उपसभामुखको निर्वाचनमा श्रम संस्कृति पार्टीका उम्मेदवार रूबीकुमारी ठाकुर (धनुषा) लाई मतदान गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको सो पार्टीको संसदीय दलको बैठकले उक्त निर्णय गरेको रास्वपा प्रवक्ता मनिष झाले जनाएका छन् ।
उपसभामुखको निर्वाचन आज दिउँसो ४ बजे हुँदैछ । उपसभामुखमा श्रम संस्कृतिका ठाकुर र राप्रपाका सरस्वती लामाबिच प्रतिस्पर्धा हुँदैछ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण