इजरायलले प्रत्यक्ष वार्ताको प्रस्ताव गरेपछि वासिङ्टन जाने तयारीमा लेबनानी प्रधानमन्त्री
शुक्रबार, २७ चैत २०८२, १५ : ४३
सारांश
- इजरायलले प्रत्यक्ष वार्ताको प्रस्ताव गरेपछि लेबनानका प्रधानमन्त्री नवाफ सलाम अमेरिका भ्रमणमा जाने भएका छन्।
- युद्ध विराम जारी रहे पनि इजरायलले लेबनानमा हिजबुल्लाहका लक्ष्यहरूमाथि आक्रमण गरिरहेको छ।
- लेबनानमा बुधबार भएको ठुलो आक्रमणमा कम्तीमा ३०० जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्।
काठमाडौँ । लेबनानका प्रधानमन्त्री नवाफ सलाम केही दिनमै अमेरिका भ्रमणमा जाने भएका छन् । इजरायलले लेबनानसँग प्रत्यक्ष वार्ताको प्रस्ताव गरेपछि उनको यो भ्रमण तय भएको लेबनानको सरकारी स्रोतले जनाएको भन्दै सीएनएनले समाचार छापेको हो । यो घटनाक्रम अमेरिका र इरानबिचको धरमराइरहेको दुई साताको युद्ध विराम कायम रहेको अवस्थामै आएको हो ।
यद्यपि लेबनानमा भइरहेका आक्रमणहरू उक्त सहमतिमा समेटिने कि नसमेटिने भन्ने विषयमा तनाव बढिरहेको छ । युद्ध विराम जारी रहे पनि इजरायलले लेबनानी सशस्त्र समूह हिजबुल्लाहका लक्ष्यहरूमा आक्रमण जारी राखेको छ।
बुधबार भएको ठुलो आक्रमणमा कम्तीमा ३०० जनाको मृत्यु भएको लेबनानी अधिकारीहरूले बताएका छन् । यस विषयमा प्रतिक्रिया लिनह्वाइट हाउससँग सम्पर्क गरिएको भए पनि हालसम्म कुनै आधिकारिक टिप्पणी आएको छैन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कार्यक्रमस्थलबाटै यसरी पक्राउ परे एमाले उपाध्यक्ष पौडेल
-
नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
जलवायु संकटको चक्रव्यूहमा नेपाल, इतिहासकै गम्भीर संकट
-
रास्वपा महाधिवेशन : आज निर्वाचन प्रक्रिया अघि नबढ्ने
-
२० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर नै चोरी !
-
व्यापार घाटा १५.६७ प्रतिशतले बढ्यो, १५७ मध्ये १२३ देशसँग घाटा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण